जेठ १२ २०७७   |  2020 May 25    


जीतको खुसी



news

बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये २१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन । कोरोना जितेर घर फर्किदा उनीहरुमा बेग्लै उत्साह र खुःसी थियो । उनिहरुसँगै त्यहाँ उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत खुसीयाली छाएको थियो ।

यसरी झण्डै दुई दर्जन व्यक्ति कोरोनाबाट निको भएर फर्किएको खबर सुनेपछि कोरोना संक्रमणको उपचार गरिरहेका व्यक्ति, परिवार र कोरोना संक्रमण हुने त्रासमा रहेको नेपालगञ्जवासी समेतमा खुसीयाली र उत्साह छाएको छ ।

 

 

स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फुल थमाए । उनीहरले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने तालिका दिएर पठाएका छन् । कोरोनामुक्त हुनेहरु नेपालगन्जका हुन । उनीहरुलाई घरमा समेत स्वागत गरियो ।

खजुरा स्थित क्यान्सर अस्पतालमा उपचाररत बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमितहरु निको भएपछि एकैपटक डिस्चार्ज गरिएको हो ।

कोरोना विशेष अस्पतालमा उपचाररत ती संक्रमितहरुको पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ नभेटिएपछि डिस्चार्ज गरिएको छ । बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षिय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो ।

यसरी शुक्रबार डिस्चार्ज हुनेमा बाँकेकै पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जनाले कोरोनालाई जिति घर फर्केका छन् । उनलाई लिनका लागि परिवारका सदस्यहरु अस्पताल पुगेका थिए ।

अपडेट : 2020-05-23 17:35:18




your-image

Leave a Comment