जेठ १२ २०७७   |  2020 May 25    


प्रदेश ५ मा थपिए १२ जना कोरोना संक्रमित



news

शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी पुष्टि हुनेमा प्रदेश नं. ५ का १२ जना छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रेस विज्ञप्ती अनुसार नवलपरासी सुस्ता गाउँपालिकाका १ जना पुरुष, रामग्राम नगरपालिकाका १ पुरुष र १ महिला साथै कपिलववस्तुको वाणगंगा नगरपालिलकाका ८ जना पुरुष र १ महिला छन् ।
काठमाडौं र भक्तपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अपडेट : 2020-05-22 09:46:27




your-image

Leave a Comment