जेठ १२ २०७७   |  2020 May 25    


कर्णालीमा एकैदिन भित्रिए झण्डै दुइ हजार



news

कर्णाली प्रदेशमा एकैदिनमा एक हजार नौ सय ३० जना भित्रिएका छन् । मजदुरीका लागि भारत गएका कर्णालीका विभिन्न जिल्लाका उनीहरु विहीबार भित्रिएका हुन् ।


उनीहरु सबैको आरडीटी परीक्षण गरेर मात्र पठाउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ६ सय ५८ जनाको परीक्षण गरिएको र ११ जनाको पोजेटिभ देखिएकाले पीसीआर मेसिनमा परीक्षण गरिने तयारी गरिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण खड्काले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतका चार सय ५७, दैलेखका आठ सय २९, सल्यानका चार सय ५८, कालिकोटका ५४, जाजरकोटका ८१ र जुम्लाका ११ जना छन् ।


आरडीटी परीक्षण गरे पनि सम्बन्धित पालिकाहरुमा अनिवार्य क्वरेण्टीनको व्यवस्था गरिएको उनको भनाइ छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले बबई नाकामा बढी भिड भएकाले सम्बन्धित जिल्ला पुर्याउने बेलामा आरडीटी गर्ने गरी स्वास्थ्यकर्मीसहित पठाएको जानकारी दिए ।

सल्यानमा छैन कीट
भारतबाट फर्किएका नागरिकहरु बबई नाकामा कोरोना परिक्षण नगरेरै सल्यान भित्रीएका छन् । तर कपुरकोट नाकाबाट आएका ६० जनाको भने विहिबार आरडीटी गरिएको छ । बबई नाकाबाट सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आएका करिव ४ सय ३६ जनाको बबईमा कुनै पनि परिक्षण नभएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले बताए । उनका अनुसार जिल्ला भित्रीएका उनीहरुको परिक्षण गर्ने आरडीटी किट पनि छैन ।


उनले भने, ‘ हाम्रो मुख्य नाका बबई नाकाले परिक्षण नै नगरेर बनगाड कुपिण्डे नगरपालिकामा पठाएछ । हामी संग ७० वटा जति मात्रै किट छ । कस्लाई चेक गर्ने कसलाई नगर्ने समस्या भयो ।’ किट ल्याउनका लागि सुर्खेतमा गाडि पठाइएको जनाउदै डा. बुढाले शुक्रबार विहान मात्रै उनीहरुको आरडिटी गरिने बताए ।
परिक्षण विना फर्किएका उनीहरुलाई नगरपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाईनमा राखिने छ ।

यता कपुरकोट नाकामा आएका ६० जनाको आरडीटि गर्दा रिपोर्ट नन रियाक्टीभ (नेगेटिभ) आएको छ । विहिबार दिउँसो गरिएको परिक्षणमा ६० जनाकै रिपोर्ट नेगेटीभ आएको कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए ।


भारतबाट कपुरकोट नाका हुँदै आएका ५८ जना सल्यानका रहेका छन् भने २ जना गाडीका चालक र सहचालक छन् । कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार वनगाडका ३६ जना, दार्मा गाउँपालिकाका १९ जना, कपुरकोट, छत्रेश्वरी, कुमाखका एक÷एक जना र चालक तथा सहचालक गरी ६० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । कपुरकोट गाउँपालिकाले हेल्थ डेस्का कोरोना परिक्षण गरेकाहरुलाई रिपोर्ट दिएर पठाएको छ ।

अपडेट : 2020-05-22 10:16:50




your-image

Leave a Comment