जेठ १२ २०७७   |  2020 May 25    


वारी कोरोनाको कहर, पारी नेपालीको रुवाबासी



news

कोरोना (कोभिड-१९) का कारण बाँकेमा एक जनाको मृत्यु र ८० जनामा संक्रमण भेटिएपछि सन्त्रास फैलिएको छ ।


मृत्यु भएका २५ वर्षिय युवकदेखि संक्रमित मध्ये परिवारिक सदस्य बाहेक अधिकांस भारतबाट आउनेहरु छन् । हुलका हुल नेपाली वैध र अवैध नाकाबाट जिल्ला भित्रिए । यसरी भित्रिएकाहरुको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गउका बेला जमुनाहनाकासंग जोडिएको भारतीय बजार रुपैडियामा थप नेपाली अलपत्र परेका छन् ।
सोमबार त्यहाँ सडकमै बसेका २ सय नेपालीले भारतीय सुरक्षाकर्मीकै अगाडी नेपाल सरकार बिरुद्ध चर्को नाराबाजी गरे । कोही रुदै त कोही आक्रोसित हुँदै आफुहरुलाई स्वदेश फर्किन दिन माग गरिरहेका छन् ।

यसअघि चरणबद्ध रुपमा नेपाल भारतका सुरक्षा अधिकारीहरुले आआफ्ना देशका नागरिकलाई स्वदेश फर्किन दिएका थिए । त्यसरी फर्किएकाहरुलाई सीमामा क्वारेन्टाइनमा राखिएको छ । अहिले रुपैडियामा रहेकालाई के गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय बाँके आन्तरिक तयारीमा जुटेको छ । केन्द्रीय सरकारको निर्देशन बिना स्थानीय प्रशासनले केही गर्न सक्ने अवस्था छैन । एकातिर जिल्लामै कोरोनाको सन्त्रास फैलिएको छ भने अर्को तर्फ सीमामा रहेका नागरिकको रुवाबासी । यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले बताइन ।

 

नरैनापुरको मोतीपुर प्रावि क्वारेन्टाइनमा स्वाब संकलन गरिदै 

 

एउटै जिल्लामा सबैभन्दा संक्रमित पाइएको बाँके सम्भवत पहिलो जिल्ला बनेको छ । जिल्लाको नेपालगन्जमा ३३ जना र विकट नरैनापुरमा बाँकी अरु संक्रमित भेटिएका हुन । यति ठूलो संख्यामा संक्रमित भेटिएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् । जिल्लामा कोरोना बिशेष अस्पतालको समेत अभाव भएको छ । खजुरास्थित क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पतालको क्षमता ४० शैयाको रहेकोमा २६ जना संक्रमित त्यहाँ राखिएको छ । समस्या भएपछि नरैनापुरमा भेटिएका संक्रमितलाई दांगको बेलझुण्डीमा पठाइएको थियो ।

प्रदेश सरकारले नेपालगन्जस्थित सेनाको अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन केन्द्र सरकारसंग अनुरोध गरेको छ । तर त्यो कार्यान्वयन भइसकेको छैन । यस्तो अवस्थामा यति ठूलो संख्यामा देखिएका संक्रमितको व्यवस्थापन कहाँ गर्ने भन्ने विषयमा कर्मचारीहरु तनावमा छन् । भारतबाट दैनिक जसो नेपाली नागरिक आउने क्रम रोकिएको छैन । जसका कारण संक्रमणको दर बढ्दै गएको छ । नरैनापुरमा सबै संक्रमित क्वारेन्टाइनमा बसेकाहरु हुन । सीमाबाट आएकाहरुलाई गाउँपालिकाले बिद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन गरेर बस्न नदिएको थियो । गाउँपालिकाका प्रमुख ईस्तियाक अहमदले सीमामा अलपत्र दाजुभाईहरुको दुःख देख्न नसकिएको बताउँछन् ।

अपडेट : 2020-05-18 20:02:37




your-image

Leave a Comment