जेठ १२ २०७७   |  2020 May 25    


दुधमा आत्मनिर्भर जिल्लामा दैनिक लाखौको दुध नोक्सान



news

लकडाउनपछि दूध बिक्री नहुदा किसान मारमा परेका छन् । गाउका संकलन केन्द्रबाट सदरमुकाममा आउने दूध अहिले ठप्प छ । बजार बन्द भएपछि खपत नहुदा डेरीवालाले किसानको दूध किन्न छाडेका छन् ।

दूधमा आत्मनिर्भर जिल्ला बनेको अर्घाखाचीमा दैनिक १२ हजार लिटर उत्पादित दूध डेरी र छ्रर्पी उद्योगमा बिक्री हुन्छ । लकडाउनपछि ३ हजार लिटर मात्रै दूध बजारमा बिक्री भएको र दैनिक ५ लाख १५ हजार रुपैया“ बराबरको दूध नोक्सान भएको अर्घाखा“ची दुग्ध सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेले बताए । अर्घाखा“चीका विभिन्न गाउ“बाट गुल्मीको तम्घास, पाल्पा र कपिलवस्तुका बजार र डेरीमा बसले दैनिक ६ हजार लिटर दूध लैजान्थ्यो । अरु सन्धिखर्क बजार सहित गाउ“मा बिक्री हुन्छ । लकडाउनपछि जिल्ला बाहिर निर्यात ठप्पै छ, यसले दूध बिक्री गरेर घरखर्च जोहो गर्ने कृषकलाई ठुलो असर परेको छ, उनले भने । दूध बिक्री नभएपछि कृषकले मलखातोमा पोख्ने गरेको उनले बताए ।

हाम्रो सहकारीमा किमडाडा, अर्घा, सन्धिखर्क गाउ“बाट दैनिक एक हजार लिटर दूध आउ“छ । लकडाउनपछि ४ सय लिटर मात्रै किनेका छौं, बजारमा बिक्री नभएपछि कृषकबाट दूध उठाउन छाड्यौ, उनले भने । सहकारीले छ्रुपी, ध्यु, पनिर, दही, कुल्फी उत्पादन हुन्छ । अहिले ध्यू २० क्युन्टल र छ्रुपी १५ क्युन्टल बिक्री नभएर गोदाममा थन्किएको बञ्जाडेले बताए । छ्रुर्पी र ध्यू प्रतिकिलो ७ सय ५० बिक्री हुन्छ । डेरीले प्रतिलिटर ६५ रुपैया“मा खरिद गर्छन् ।

पाणिनी गाउ“पालिकाबाट दैनिक ३ हजार लिटर दूध उत्पादन हुन्छ । पटैटीको देउराली छ्रर्पी उद्योगले दैनिक १८ सय लिटर दूध किसानको घरबाट खरिद गरेर छ्रर्पी, पनिर, ध्यू उत्पादन गर्छ । उद्योगले महिनामा ३५ लाख रुपैया“सम्म किसानलाई दूधको पैसा भुक्तानी गर्छ । लकडाउनपछि ११ सय लिटर मात्रै किनेको छ । गाउ“को उद्योग भएकाले किसानलाई राहत दिन दूध किनेर छ्रुर्पी र ध्यू बनाएका छौं, हाम्रो सामान अहिले बिक्री छैन, पछि सहज परिस्थिति भएर उत्पादित वस्तु बिक्री भएपछि दूधको पैसा भुक्तानी गर्ने गरी दूध किनेका छौं, सञ्चालक विष्णु गैरेले भने । धेरै दूध उत्पादन गर्ने कृषकको मात्रै खरिद गरेको उनले बताए । दैनिक दुई÷चार लिटर दूध बिक्री गर्ने कृषकको किनेका छैनौं, उनले भने । उद्योगमा छ्रर्पी ३० लाख र नौने ध्यू १६ लाख रुपैया“ बराबरको स्टक रहेको गैरेले बताए । गाउ“मा दूध नोक्सान नहोस भनेर मात्रै खरिद गरेका छौं तर, हाम्रो उत्पादन पनि बिक्री छैन, अब लकडाउन लम्बियो र बिक्री भएन भने दूध किन्न पनि समस्या रहन्छ, उनले भने । पनिर, ध्यू, कुराउनी, कुल्फी बनाएर बिक्री गरेर राम्रो आम्दानी गर्ने बेला यस्तो समस्या आइपरेको उनले बताए । गाउमा संकलन गरेको दूधमा कोरोना आउने हो कि भन्ने त्रास रहेको उनले बताए ।

विभिन्न उद्योेगमा छ्रुर्पी, ध्यू, कुराउनी बिक्री ठप्प भएको डेरीवालाको गुनासो छ । गाउमै छ्रर्पी उद्योग खुलेपछि वैदेशिक रोजगारबाट फर्किएकाले भिसा रद्द गरेरै जर्सी गाई र मुर्रा भैसीपालेर दूध बिक्री गर्दै आएका छन् । पटैटीबाट शुरु भएको दूध उत्पादन गाउ“पालिकाको धातीवाङ, पणेना, पोखराथोक, खिदिम, मैदान लगायतका गाउ“मा पुगेको छ । दुर्गाफा“टमा दुई वटा डेरी उद्योग छन् । त्यहा“ संकलित दैनिक एक हजार लिटर दूध बसबाट पाल्पाको तानसेन जान्छ । लकडाउनपछि दूध खेर गएको छ । पाणिनिमा घरैपिच्छेका कृषकले थोरैधेरै दूध बिक्री गर्छन् ।

बजार बन्द भएपछि दूध बिक्री नहु“दा किसानको दूध डेरीवालाले किनिदिएनन्, गाईभैसीको दूध दुहुदै बारीमा पोख्दै गरेका छौं, किमडा“डाका अगुवा कृषक धर्मराज बञ्जाडेले भने । धेरै विदेश जाने भिसा रद्द गरेर गाई पालेका छन् । उनीहरुले दूध बेचेरै छोराछोरीको पढाई र घरखर्च जुटाउ“छन् । दूध बेचेर घरखर्च जोहो गर्ने गरिब कृषक सबैभन्दा मारमा परेका छन्, उनले भने ।

विमला घिमिरेले दैनिक चार लिटर दूध बेच्छिन् । दैनिक दुई सय चालिस रुपैया“ आम्दानी हुन्छ । ‘त्यही पैसाले चामल, नून, तेल किन्न पुग्छ, दोकानमा उदारो सामान ल्याएकी थिए“, ऋण छ’ उनले भनिन, ‘लकडाउनको अर्काे दिनपछि डेरीवालाले दूध किनिदिएनन् । चामल किन्ने पैसा भएन ।’ दूध मलखातमा पोखिरहेको उनले बताइन ।

अपडेट : 2020-05-18 15:28:16




your-image

Leave a Comment