जेठ १२ २०७७   |  2020 May 25    


पुनहिल पुग्दा...



news

म्याग्दीको घोरेपानी र पुनहिल ।

विदेशी र नेपालीहरूको लागि पनि ।

नेपाल घुम्नेको लागि राम्रो ठाउँमध्येको एक छुटाउनै नहुने स्थल ।

भ्रमण घुम्नको लागि मात्र नभई यो आन्तरिक ज्ञान हासिल गर्ने र मनलाई हलुका बनाउने माध्यम पनि हो । मन हलुङ्गो हुदा सानो तिनो रोगले छाडेको महशुस हुन्छ । म्याग्दीको मुख्य पर्यटकीय गन्तव्यमध्ये घोरेपानी–पुनहिल पुग्दा यस्तै हुन्छ ।

 

फागुनदेखि जेष्ठ महिना होस् या दशै र तिहारको विदाको समय घोरेपानी–पुनहिल पुग्ने उपयुक्त समयमध्ये एक हो ।

अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने घोरेपानी समुद्री सतहदेखि २८१० मिटर र पुनहिल ३२९० मिटरको उचाइमा अवस्थित छ । यहाँबाट धौलागिरि, नीलगिरि र अन्नपूर्णलगायत दर्जनभन्दा बढी हिमशृृंखला, सूर्योदयको अवलोकन गर्न सकिन्छ । पाहुनालाई आत्मीय सत्कार दिने घोरेपानीवासीको संस्कार र सुविधासम्पन्न होटेलहरूको व्यवस्थाका कारण विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

 

 

निकै उकालो थकाई मार्दै हिंडेपछि आउने घोरेपानी नेपालकै सुविधा सम्पन्न हिल स्टेशनहरू मध्ये एक हो । घोरेपानीमा एक दर्जन बढी सुविधासम्पन्न होटेल छन् । यहाँको बिशेषता भनको भर्जिनालिटी हो । घोरेपानी पुग्न मोटरबाटोबाट कम्तीमा ४५ मिनेट लाग्छ भने घोरेपानीबाट पुनहिल पुग्न पनि उत्तिकै समय लाग्दछ । घोरेपानीको बसाइपछि उज्यालो हुनुभन्दा एक घण्टा अघि टर्च लाइटको सहायताबाट पुनहिलतर्फ उकालो हिड्नुपर्दछ । विभिन्न देशका विभिन्न थरी मान्छेसँगको हुलमा लठ्ठी टेक्दै उकालो लाग्नुको मज्जा छुट्टै छ । कतै नाङ्गो डाडा त कतै गुरासै गुरासको जंगल पार गर्दै पुनहिल पुगिन्छ ।

जति माथि पुग्दै जादा बिहान उज्यालिदै जान्छ हाम्रा आँखाहरु पुनहिल डाँडाबाट देखिने मनमोहक दृश्य हेर्नमै व्यस्त हुन्छ । पुनहिलबाट सनराइज देखि लिएर १८० डिग्रीको कोणमा हिमालहरू हेर्न सकिन्छ । यहाँदेखि हिमाल हेर्न दुरबिनको आवश्यकता नै पर्दैन । आफ्नै आँखा अगाडि हिमालको डाँडा देख्दा कसको मन रमाउँदैन ? त्यहाँबाट प्लेन पनि निकै तल उडेको देखिन्छ । त्यस स्थलबाट देखिएको दृश्य हेरेर हाम्रो पनि आत्मा सन्तुष्ट हुन्छ । यहाँ पुग्नेहरु हिमाली हावामा उड्न खोज्छन् । लहरिदो पहिरन बदल्दै हिमालसँगै काखिन खोज्छन् । उफ्रिएर हिमाल माथि पुग्न खोज्छन् ।
जुन दृश्य कम लोभलाग्दो हुदैन ।

यहाँ इजरायल, फिनल्यान्ड, डेनमार्क, जापान लगायतका मुलुकका बढी छन् । यहाँ बर्षेनी ४० हजारको हाराहारीमा पर्यटक पुग्ने गर्दछन् । होटेल व्यवसायीका अनुसार विदेशी पर्यटककै हाराहारीमा स्वदेशी पर्यटकहरू पनि आउन थालेको छन् । लामो छुट्टी र खुला मौसमका समयमा विद्यार्थी, अभिभावक, सरकारी कर्मचारी समय व्यतित गर्न घोरेपानी र पुनहिल पुग्ने गर्दछन् ।

(पुनहिलबाट फर्केपछि)

 

अपडेट : 2020-05-16 18:44:29




your-image

Leave a Comment