जेठ १२ २०७७   |  2020 May 25    


महामारीबारे के बोल्यो नीति तथा कार्यक्रम ?



news


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिन्।

कोरोना महामारीको बिचमा आएको नीति तथा कार्यक्रममा सरकारले सबै अस्पतालहरुबाट विपत वा महामारीको समयमा सम्भव भएसम्म अधिंत्तम स्वास्थ्य सेवा उपलब्ध गराउने प्रबन्ध मिलाइने घोषणा गरेको छ ।

त्यसैगरी सरुवा रोग रोगथाम नियत्रण उपचारको लागि ३ सय शैयाको केन्द्रीय र प्रदेशमा ५० शैयाको अध्याधुनिक सरुवा रोग अस्पतालको निमार्ण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्तराष्ट्रिय विमानस्थल, सिमाका प्रमुख नाकाहरुमा आधुनिक हेल्थ डेक्स तथा क्वारेन्टाइन स्थापना गरिने र विरेन्द्र सैनिक अस्पतालाई आपतकालीन अवस्थामा घाइते बिरामी लगायतको सबै प्रकारको स्वास्थ्य उपचार गर्न सक्ने सुविधा सहित स्तरउन्नती गरिने घोषणा सरकारले गरेको छ ।

त्यसैगरी सरकारको नीति तथा कार्यक्रमले लामो समयदेखि वहसमा रहेको स्वास्थ्य सेवा विभाग खारेज गरेर रोगको रोकथाम तथा नियन्त्रणको लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिने घोषणा गरेको छ ।

त्यसैगरी औषधि व्यवस्था विभागको सट्टा औषधि, औजार तथा उपकरण समेतको गुणस्तर मापन तथा नियगमन गर्ने, फुड एण्ड डग एमिनिटेसनको स्थापनाको सोच पनि अगाडि सारेको छ । तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले लामो अध्ययानपछि प्रक्रिया अगाडि बढाएको स्वास्थ्य संस्था स्वास्थय सेवाहरु गुणस्तर मापन प्रमाणिकरण गर्ने राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राविधिकरणको स्थापना पनि सरकारको प्राथमिकतामा परेको छ ।

तीबाहेक स्वास्थ्य क्षेत्रका आयोग , प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र , अस्पतालहरुलाई थप मितव्यही , व्यवस्थित, प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत छाता ऐन तजुमाको सोच पनि अगाडि सारेको छ ।

त्यसैगरी अन्तराष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन पुर्वाधारको विकासको सोअनुसार नयाँ स्वास्थ्य संस्था स्थापना, स्तरउन्नतीगरी अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पुर्वाधारको विकास गर्ने जनाएको छ । त्यसमार्फत् स्वास्थ्य क्षेत्रको पुर्न संरचना गर्ने बुँदा पनि नीति तथा कार्यक्रममा परेको छ ।

जसअनुसार आधारभुत स्वास्थ्य सेवा उपलब्ध नभएका थप २ हजार ६ सय २६ वडाहरुमा पुर्वाधार निमार्ण भुगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५० देखि १५ शैयासम्मको आधारभुत अस्पताल निर्माण सरकारको नीति तथा कार्यक्रममा परेको छ ।

त्यसैगरी प्रदेश स्तरमा रहेका साबिक जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयाको अस्पताल र अञ्चल अस्पतालाई २ सय शैयाको जनर्रल अस्पतालमा स्तर उन्नतीको घोषणा गरिने उल्लेख छ ।

हाल भइरहेका प्रतिष्ठानहरु पोखरा र कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोसी, नारायणी, भरतपुर, भेरी,डडेलधुर अस्पतालबाट उपलब्ध विशिष्टकृत सेवा विस्तारगर ५ सय शैयाको विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने उल्लेख छ ।

तीबाहेक प्रमुख राजमार्गमा ट्रमा सेन्टर खोल्ने, त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण र युरोलोजी सेवा विस्तार, कान्ति अस्पताललाई बाल प्रतिष्ठानको अवधारणा अगाडि सारेको छ ।

अपडेट : 2020-05-15 19:58:20




your-image

Leave a Comment