जेठ १२ २०७७   |  2020 May 25    


सुन्दर अर्गली !



news


अर्गली पाल्पा जिल्लामा अवस्थित रमणिय गाउँमध्ये एक हो । अर्गली पहाडहरूबाट घेरिएको सुन्दर समथर क्षेत्र हो । यो तानसेन नगरपालिकाको वडा नं. १४ मा पर्दछ । ख्याहा, रिडी, कालीपार यसका छिमेकि गाउँहरू हुन ।

कालीगण्डकी नदी अर्गली हुँदै बग्दछ भने ऐतिहासिक श्री ३ जुद्द शमसेरले बनाएको अर्गली दरवार पनि यही छ । अहिले अर्गली दरवारमा त्रिभुवन मा.वि. विद्यालय सञ्चालनमा रहेको छ ।

अर्गलीमा यातायात, पानी, स्वास्थ्य, संचार सबैकुराको सुबिधा पुगेको छ । सिंचाइको लागि राजकुलोको ब्यवस्था रहिआएकोले बाह्रैमासे कृषि उत्पादन हुन्छ । प्रशिद्द श्री ऋषिकेशको मन्दिर अर्गली नजिक पर्दछ । रूरू क्षेत्र पनि अर्गलीबाट जम्मा ५ किलोमिटर दुरिमा रहेको छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अर्गलीमा पर्यटनको राम्रो संभावना बोकेको ठाँउ हो । अर्गलीको पुजेरी गाउँ, फोस्रान, रनुवा, रविदास, फोस्रान, कुसेनी, अथुंगा, ऋषिकोष टोल, पुराना गाउँहरु छन् ।

अर्गलीको नामाकरण
अर्गलीका बुढापाका तथा जान्ने बुझ्नेहरूका अनुसार धेरै समय पहिले अर्गलीको मुस्लुक भन्ने डाँडामा रहेको सिद्धबाबाको मन्दिरमा और्व ऋषीले तपस्या गर्न आएर बसेका थिए गरे । उनले बिहान बेलुका कालीगण्डकी नदीको पबित्र जलमा स्नान गरेर पुन सिद्धबाबाको मन्दिरमा आइ तपस्या गर्दथे ।

त्यसैले और्व ऋषीले काली गण्डकी स्नान गर्न जाने समयमा गल्लीको रूपमा प्रयोग भएकोले और्व गल्लिको रूपमा प्रचलित हुन थाल्यो । पछि त्यै और्व गल्ली अपभ्रंश भइ अर्गली भएको भन्ने जनबिश्वास रहेको छ ।

अर्गली गाउँ
अर्गलीमा आधारभुत सबै कुराहरूको सुबिधा रहेको छ । यातायतमा तानसेन देखि गुल्मी जिल्लाको सदरमुकाम तम्घास जाने राजमार्ग अर्गलीलाई समेटेर गएको छ । अर्गलीकै प्रत्येक गाउँमा स्थानिय जनताहरूको सक्रियतामा चारैतिर पुग्नुका साथै ग्राभेल पनि भएको छ । खानेपानीको सुबिधा, टेलिफोनको सुबिधा, सिंचाइको सुबिधा लगायतका विभिन्न किसिमका सुबिधाहरू पुगेको छ ।

अर्गलीका मठ मन्दिर
अर्गली मठ मन्दिरहरूले धनि ठाउँ हो । यहाँ भगवती देविको मन्दिर, अष्टभुजा मन्दिर, ऋषिकेश भगवानको मन्दिर, बद्रिनाथको मन्दिर, सिद्धबाबाको मन्दिर लगायत साना ठुला धेरै मठ मन्दिरहरू रहेका छन ।

अर्गलीमा कृषि
सिंचाइको लागि राजकुलो ब्यवस्था भएकोले अर्गलीमा खेतिपातिको राम्रो उत्पादन हुन्छ । अर्गलीका किसानहरूले परम्परागत खेतिपाति मात्र होइन बेमौसमी खेतीपाती पनि गर्दछन ।

यहाँ तार्सय फाँट, रविदास फाँट र फर्सान फाँट गरि तीनवटा फाँटहरु छन् । रविदास सबैभन्दा ठूलो फाँट हो ।

यहाँको तीनवटै फाँटमा सिंचाई सुविधा छ । यहाँ सिंचाइका लागि ४ वटा कुलोको व्यवस्था छ । जेठीलाई राजकुलो, माइली, साईली र कान्छी गरी ४ कुलाको नामाकरण गरिएका छन् । यि कुलोहरु ५०० सय बर्ष अघिको भएको वडाअध्यक्ष कमल राना बताउँछन् । उनका अनुसार १६ सय हेक्टरमा ति कुलोले सिंचाई  हुन्छ ।

 

कमल राना
वडाध्यक्ष १४
तानसेन नगरपालिका

मुख्य उब्जाउ हुने भनेको धान, मकै, गहुँ, आलु हो । अर्गलीमा तरकारी खेतीको राम्रो उब्जाउ हुन्छ । अर्गलीमा मुख्यरूपमा उत्पादनहुने तरकालीहरूमा काउली, बन्दा, आलु, काक्रो, मुला, धनियाँ इत्यादि हुन भने फलफुलहुरुको पनि राम्रो उत्पादन हुन्छ । फलफुलहरूमा आँप, नास्पाती, उखु हुन मुख्यरूपमा उत्पादन  हुन्छ ।

यहाँ उत्पादित तरकाली रिडी, तानसेन, तम्घास, बुटवल सम्म आइपुग्दछ । खेतीपाती अर्गलीका समुदायको मुख्य पेशा हो । तरकारी खेती गरेर नै यहाँका किसानहरूले आर्थिक समृद्धिको बाटो समाएका प्रशस्त उदाहरणहरू पनि छन । खेतीपाती तथा तरकारी उत्पादनलाई प्रभाकारी र उन्नत बिउ बिजनको सहयोग तथा प्राबिधिक सहयोग लुम्लेले गर्ने भएकोले पनि यहाँका किसानहरू खेतीपातीलाई आफ्नो जीविकोपार्जनको रूपमा अगाडि बडाउन हौसिएका हुन तथा बजारको राम्रो प्रर्बधन अनि उब्जाउ भएका तरकारी र खेतीपाती यातायातको सुविधाले गर्दा खेत र बारी बाटै धुबानि हुने कारणले पनि खेतीपातिमा आर्षण बढेको अनुमान लगाउन सकिन्छ ।


अर्गलीको मौसम
अर्गलीको मौसम मध्यम स्तरको रहेको छ । न त यहाँ अत्यधिक जाडो हुन्छ न त गर्मी नै । यहाँको तापक्रम गर्मीमा ३३–३४ डिग्री सेल्सियस सम्म पग्ने अनुमान गरिएको छ भने जाडोमा भने १४–१८ डिग्री सेल्सियस हुने गर्दछ । पानी नियमति रूपमा पर्ने गर्छ भने हावामा मध्यम स्तरको आध्रता मिश्रित हुन्छ । फाल्गुन चैतको समयमा हुरि चल्छ भने रुखहरूमा पतझर भएको पनि देख्न सकिन्छ । (वडाअध्यक्ष रानासँगको कुराकानीका आधारमा)

 

 

अपडेट : 2020-05-09 20:11:29




your-image

Leave a Comment