जेठ १२ २०७७   |  2020 May 25    


लकडाउन लुम्बिनी (फोटो फिचर)



news

२५६४ औं बुद्धजयन्ती विश्वभर आज मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति (निधन) भएको वैशाख शुक्ल पूणिर्माको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रुपमा विश्वभर मनाउने गरिएको छ । बुद्ध जयन्तीका अवसरमा बिहीबार बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सामाजिक दुरी कायम गरी बौद्ध भिक्षु र भिक्षुणी तथा लामा गुरु र गुरुआमाहरुबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना गरिएको छ ।

 

 

यो वर्ष लक डाउनका कारण बुद्ध जन्मस्थल लुम्बिनी शान्त देखिएको छ ।

मौसम बदलिरहदा लुम्बिनीमा उतिखेर उतिखेर घाम, पानी र बादल भइरहेको छ ।

हरेक वर्ष बुद्ध जयन्तीका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, पूजापाठ र प्रार्थन लगायतका औपचारिक कार्यक्रमहरु हुने गर्थे । मायादेवी मन्दिरको दर्शन र प्रार्थना तथा भ्रमणका लागि राष्ट्रपति, प्रधानमन्त्री लगायत स्वदेश र विदेशबाट विशिष्ट पाहुनाहरु, बौद्ध धर्मावलम्बी सहित अन्य धर्मावलम्बीहरुको खचाखच भिड हुने गर्दथ्यो । यो वर्ष बुद्ध जयन्तीका दिन लुम्बिनीमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । मायादेवी मन्दिर बनेयता यो वर्षको बुद्ध जयन्तीमा लुम्बिनी इतिहासकै सबैभन्दा धेरै सुनसान भएक‍ो छ ।

लुम्बिनीमा दर्शनार्थी र आगन्तुक प्रवेश समेत रोकिएको छ ।


चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन र अन्तर्रा्ष्ट्रिय उडानसमेत बन्द गरिदा लुम्बिनीमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको आगमनसमेत शून्य भएको लुम्बिनी विकास कोषका का.मु. सदस्य सचिव ज्ञानिन राईले बताए । कोरोनाको कारण बुद्ध जयन्ती मूल समारोह र अन्तर्रा्ष्ट्रिय सम्मेलन पनि स्थगित भएको छ ।

 

अपडेट : 2020-05-07 15:35:38




your-image

Leave a Comment