जेठ १२ २०७७   |  2020 May 25    


बुटवलको राहत कोषमा लन टेनिस खेलाडीको सहयोग



news


रुपन्देहीका लन टेनिस खेलाडीहरुले नगर राहत कोषमा सहयोग गरेको छ । लन टेनिस संघ रुपन्देहीका पदाधिकारी, सदस्य खेलाडीहरुले आर्थिक जुटाएर राहत कोषमा २५ हजार आर्थिक सहयोग गरेको हो ।


संघका अध्यक्ष सन्जय श्रेष्ठले शनिबार बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई नगद हस्तान्तरण गरेका छन । खेलबाट सामाजिक क्षेत्रमा योगदान दिन सक्ने सन्देश स्वरुप रकम हस्तान्तरण गरिएको उनले बताए ।

राहत रकम बुझ्दै वडा अध्यक्ष क्षेत्रीले वडामा खेल सम्बद्घ संस्थाहरुबाट पहिलोपटक राहतकोषमा सहयोग भएको बताए । अहिलेसम्म वडा राहत कोषमा १५ लाख बराबर सहयोग जुटेको उनले बताए । जसबाट २ हजार ५ सय घरपरिवारलाई राहत वितरण भएको उनले बताए । वडाबाट करीब २२ लाख बढीको राहत वितरण भएको उनले बताए ।


कोरोना भाईरस संक्रमण रोक्न घरभित्र बस्नु नै उपयुक्त उपाय भएको बताए । घर बाहिर जादा भाईरससंगै आउन सक्ने उनले बताए । जटिल वडाका रुपमा रहेको भन्दै अहिलेको राहत समस्या परेकाले मात्र लिन्दा राम्रो हुने बताए । संघका सचिव गोपाल ज्ञवालीले खेल क्षेत्रका रुपमा वडा ११ अगाडि रहेको बताए । अहिलेको अवस्थामा सबै क्षेत्रबाट थोरै थोरै सहयोग भए समस्या समाधान हुने उनले बताए ।

अपडेट : 2020-04-25 09:16:22




your-image

Leave a Comment