आषाढ ३० २०७७   |  2020 Jul 14    


प्रदेश ५ मा आईतबार प्यूठानमा सबैभन्दा बढी संक्रमित


news

प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना छन् ।

आईतबारको रिर्पोटमा प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका हुन् । गुल्मीमा दुई महिला र १९ पुरुष गरी २१ जना, दाङमा दुई महिला र १५ पुरुष गरी १७ जना, कपिलवस्तुमा ९ जना पुरुष थपिएका छन् । यस्तै, रुपन्देहीमा एक महिला र ३ पुरुष, पाल्पामा एकजना पुरुष, अर्घाखाँचीमा एक महिला र पाँच पुरुष गरी ६ जना र रोल्पामा एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

आइतबार ४ बजेसम्मको तथ्यांकअनुसार कपिलवस्तुमा कुल संक्रमितको संख्या ७ ३९ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पाल्पामा ४७०, दाङमा ४९९, बाँकेमा ३५६,रुपन्देहीमा ३०३,गुल्मीमा २९७,अर्घाखाँचीमा २६८, प्युठानमा २९९, बर्दियामा १६५, नवलपरासी पश्चिममा ८४, रोल्पामा ४७ र रुकुम पूर्वमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।

अपडेट : 2020-06-28 19:53:57




your-image

Leave a Comment