आषाढ ३० २०७७   |  2020 Jul 14    


कार दुर्घटनामा पत्रकार कृष्ण पाण्डेको निधन


news

न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा गएराति भएको कार दुर्घटनामा पाण्डेको ज्यान गएको हो ।

बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ आउँदै गर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय पाण्डेको उपचारकै क्रममा राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्टमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध कृष्ण पाण्डे कलाकारसमेत हुन् । रुपन्देहीबाट न्यूज २४ को रिपोटर पाण्डे पावर न्यूज नेपालका सञ्चालक समेत रहेका थिए ।

अपडेट : 2020-06-28 07:28:34




your-image

Leave a Comment