आषाढ ३० २०७७   |  2020 Jul 14    


नीजि स्कुलको समस्याकाबारे सोच्दै छौंः शिक्षा मन्त्री


news

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणी पोखरेलले नीजि स्कुलको समस्याका बारेमा सरकारले चिन्तित रहेको बताएका छन् ।

उनले नीजि स्कुललका समस्यालाई के कसरी सम्वोधन गर्न सकिन्छ भन्ने बिषयमा छलफलको शुरुवाद भएको जानकारी गराए ।


शिक्षाका लागि राष्ट्यि अभियान (एनसिई) नेपालद्धारा मंगलबार आयोजना गरिएको भर्चुअल छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । नीजि स्कुल संचालकको छाता संगठनले केही दिन अघि प्रकाशन गरेको विज्ञप्ती नीतिगत रुपमा गलत भएपनि समस्या परेकै आएको उनको संकेत थियो । कुनै पनि शैक्षिक संस्था मासिन र नासिन नहुने आफ्नो मान्यता रहेको बताउँदै उनले त्यसका लागि के गर्न सकिन्छ ? र के गर्दा उपयुक्त हुन्छ ? भन्ने गरी समस्याको बिषयलाई छलफललाई अगाडी बढाउने प्रयास आफुले गरेको बताए ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ११ को परीक्षाको नतिजा पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा गरिने जानकारी दिए । शिक्षामन्त्री पोखरेलले कक्षा ११ को परीक्षाको नतिजा पनि विद्यालयकै मूल्यांकनकै आधारमा गर्ने तयारी भइरहेको बताए ।

विद्यालयकै मूल्यांकनको आधारमा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिए । ऐनले नै परीक्षाको व्यवस्था गरेकाले एसईई र कक्षा ११ को परीक्षाको सम्बन्धमा शिक्षा विधेयक संशोधन गरी संसदमा पेश गर्ने तयारी भएको मन्त्री पोखरेलले जानकारी दिए ।

हाल राष्ट्रिय शिक्षा ऐन र प्राविधिक शिक्षा ऐनका विधेयक अर्थमन्त्रालयबाट रायसहित सहमति आएकाले छिट्टै कानून मन्त्रालयमा पठाउने तयारी भएको पोखरेलले जानकारी दिए । यस अघि मन्त्रिपरिषद्को बैठकले नै एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

अपडेट : 2020-06-23 19:25:10




your-image

Leave a Comment