आषाढ ३० २०७७   |  2020 Jul 14    


रोनाल्डोको गोलमा युभेन्टस विजयी


news

बोलोग्नालाई हराउँदै इटालियन क्लब युभेन्टसले आफ्नो सिरिए ए को उपाधि रक्षा गरेको छ । जीतपछि पछिल्लो आठवटा लिग उपाधि जितेको युभेन्टसले शीर्ष स्थानमा लाजियोसँग ४ अंको दुरी बनाएको छ ।

खेलको पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा पाउलो डिबालाले युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर ड्यानिलोले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि युभेन्टस १० खेलाडीमा सिमित बनेको थियो ।

कोरोनाभाइरसको महामारीपछि स्थगित भएको लिग सुरु भएयता युभेन्टसले सोमबारको खेलअघि दुई खेल खेलेको थियो । जसमा कोपा इटालियाको सेमिफाइनलमा गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलाई पेनाल्टीमा हराएको थियो भने फाइनलमा नापोलीसँग पेनाल्टीमा नै पराजित भएको थियो

अपडेट : 2020-06-23 07:58:39




your-image

Leave a Comment