आषाढ ३० २०७७   |  2020 Jul 14    


चर्चामा रहेको बेसारमा नेपाल परनिर्भर


news

बेसारको चर्चा चलिरहदा नेपाल बेसारमा पनि परनिर्भर रहेको देखिएको छ । कृषि प्रधान देशको रुपमा चिनिने नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।

यसले करोडौ रुपियाँको बेसार नेपाली भान्सामा विदेशबाट आयात भएको तथ्य खुलेको हो ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको छ ।

व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।

नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ ।
नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएपनि भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको छ । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।

नेपालमा बेसार खेती
नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो दुई नामको बेसार खेती गरिन्छ । कृषि व्यषिव्यस्थापन सूचना प्रणालीले केही वर्ष अगाडि गरेको अध्ययन अनुसार नेपालमा रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औषत एक रोपनीमा दुई देखि साढे दुई मेटिक टन काँचो बेसार उत्पादन गर्न सकिने अध्ययनमा देखिएको छ ।

नेपालमा बेसार मात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभएपनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५÷७६ को तुलनामा ९.५ प्रतिशतले बृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ ।
नेपालमा अलैँची, अदूवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ । मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ मेट्रिक टन रहने अनुमान छ ।

बेसारको खेती कसरी गर्ने ?

   बेसार जिन्जिबेरसी (Zingiberaceae) परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ। विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ।बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्को गानोमा सरदर १.८ देखी ५.४% कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका प्रमुख उत्पादक देश हुन।

हावापानी माटो :
बेसार मुख्यतया उस्ण हावापानिमा हुने बाली हो र समुन्द्र सतह देखी करीब १२०० मिटर उचाई सम्म यसको खेती गर्न सकिन्छ। यसको खेती सिंचित एवं असिंचित हल्का कालो देखी दोमट र रातो माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटो दोमट माटो यसको लागि उपयुक्त हुन्छ। पि एच ५.५ देखी ६.५ उपयुक्त हुने यस बालीलाई तुसारोले खासै असर गर्दैन।

जग्गाको तयारी:
चैत्र बैशाख तिर पानी परीसकेपछी खनजोत गरी बेसार लगाउन सकिन्छ। लगाउदा हलोले स्थानिय हलोले कुलेसोमा १५-२० सेमिको फरकमा बिउ राखिन्छ। सामान्तया १ रोपनी जग्गको लागि कारीब १२० केजी बिउ आबश्यक्ता पर्दछ।

बिउ छनोट :
बिउ छनोट गर्दा कम्तिमा दुईवटा उम्रने मुन भएको ३०-५० ग्रामको बिउ छान्नु पर्दछ। यसरी छनिएको बिउलाई २५ ग्राम म्यन्कोजेब र १० ग्राम कार्बोन्डाजिम १० लिटर पानीमा घोली त्यसमा आधा घण्टासम्म डुबाउने र त्यसपछी छाँयामा सुकाएर रोप्नु पर्दछ।

जात : कपुरकोट हलेदो , कपुरकोट हलेदो २

बेसारको उन्नत जातहरु :

बेसारको उन्नत जातहरुमा सि.आ–१, सगुन, सुवर्ण आदी ।

मलखादको प्रयोग :
अधिक मल चाहिने यसबालीलाई प्रसस्त प्राङगारिक मलको साथइ रसायनिक मलको पनि आबश्यक्ता पर्दछ। सामान्यतया १ रोपनी जग्गामा ५०-६० डोको (१५००) केजी राम्ररी पाकेको गोबरमा राख्नु पर्दछ। यसको अलबा जग्गा तयारीको क्रममा ८ केजी डिएपी, ३ केजी युरिया तथा ४ केजी म्युरेट अफ पोटास प्रती रोपनी हाल्नु पर्दछ। २.५ केजी युरिया रोपेको ३ महिनापछी गोडमेल गर्ने बेलामा टपड्रेस गर्नु पर्दछ।

बेसार खेतीको लागी मलखानको मात्रा कति हो ?

२०० के.जी. निमको पात
२५ के.जी. नाइट्रोजन
६० के.जी. फसफोरस
६० के.जी. पोटास प्रति रोपनीका दरले दिनु पर्छ ।

लगाउने दुरी : बिरुवा देखी बिरुवा २५ सेमी, हार देखी हार बिचमा ३० सेमी

छापो हाल्ने : माटोको चिश्यान जोगाई राख्न चाडै सड्ने पातहरु बेसारको रोपाई पछी पूर्णरुपले माटो ढाकिने गरी ४-६ सेमी बाक्लो गरी हाल्नु पर्दछ।

सिंचाई तथा गोडमेल :
बेसारलाई माटो र मौसम अनुसार १०-१२ पटक सम्म सिंचाई गर्नुपर्दछ। झारको मात्रा अनुसार बेलाबेलामा गोडमेल एवं माटो खुकुलो पार्ने काम गर्नुपर्दछ।

बाली लिने :
लगाएको करीब ९ महिनामा बाली लिन सकिन्छ। प्रती रोपनी २-२.५ मेट काँचो बेसारको उत्पादन लिन सकिन्छ।

(नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय द्धारा प्रकाशित बेसार खेती सामग्रीबाट)

अपडेट : 2020-06-20 18:52:26




your-image

Leave a Comment