जेठ १२ २०७७   |  2020 May 25    


पुलिसलाई हराउदै आर्मी विजयी



news

नवलपुरको कोल्हुकामा भएको राईनो संरक्षण गोल्डपक फुटबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । नेपाल पुलीस क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब १/० गोल अन्तरले विजयी भएको हो ।

गत फागुन ५ गते देखि नवलपुरको मध्यविन्दु नगरपालीका २ कोल्हुवामा सुरु भएको पाँचौ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जित्न सफल भएको आयोजकले जनाएको छ । बुधबार सम्पन्न फाईनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई आर्मीले हराएको हो । आर्मीलाई जिताउन खेलको १६ औँ मिनेटमा सुदिल राईले फ्री किक मार्फत एक मात्र निर्णायक गोल गरेका थिए । विजयी त्रिभुवन आर्मीले नगद १० लाख प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिसले नगद ५ लाखमा चित्त बुझाएको छ ।

विश्वको दुर्लभ एक सिङ्गे गैंडाको संरक्षणमा टेवा पुर्‍याउन विगत दश वर्ष देखि खेलाईदै आएको प्रतियोगिताको पाचौं संस्करण बुधबार सम्पन्न भएको छ । राईनो क्लबको आयोजना र नन्द भाउजू उपभोक्ता समितिको संरकक्षत्वमा आयोजना गरिएको प्रतियोगितामा ए डिभिजनका क्लब सहित १० टिमको सहभागीता रहेको थियो ।

 

अपडेट : 2020-02-27 13:23:27




your-image

Leave a Comment