आषाढ ३० २०७७   |  2020 Jul 14    


कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल


news

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको हो ।

यस्तै त्यहाँ कार्यरत ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको बताइएको छ ।

३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।

आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बस्नु परेको प्रदेश अस्पतालका निर्देशक डा। डमर खड्काले बताए ।

दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए । दैलेख र सुर्खेतका अर्का एकरएक जनाले भने विष सेवन गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अपडेट : 2020-06-18 09:08:33




your-image

Leave a Comment