कार्तिक ६ २०७६   |  2019 Oct 23    


बर्ष दिनपछि पुनर्मिलन

news


झापाका १४ वर्षे नाम परिबर्तित रमेशको वर्षअघि बिराटनगरमा भारतीय ट्रक ड्राइभरसँग भेट भयो । ड्राइभरले मसँग हिंड ट्रकमा जागिर दिन्छु भनी प्रलोभनमा पा¥यो । सीमामा पुगेपछि कसैले थाहा नपाउन् भनी हुडमा राखी त्रिपालले ढाकेर सीमा पार गराई पञ्जाब पु¥यायो ।
ड्राइभरले यातना दिएपछि सहन नसकी रमेश त्यहाँबाट भागे । त्यहाँबाट ट्रेन चढेर नेपाल आउन खोज्दा उनी हरिद्वारा पुगे । ट्रेनमा बालकलाई देखेर रेल्वे पुलिसले फेला पारी दरिद्वार राजकीय बाल गृहको जिम्मा लगायो ।
धादिङका १२ वर्षीय नाम परिबर्तित शिव भन्ने बालक आफ्नै गाउँका साइला भन्ने ब्यक्तिको प्रलोभनमा परी भारत पुगे । बालकलाई साइला भन्नले भारतको कुनै ठाउँको होटलमा काम लगाइदिए । करीब एक सातापछि उनलाई एक जना युवाले हरिद्वार लगेर छाडी भागे । पछि शिवलाई प्रहरीले फेला पारी हरिद्वारस्थित राजकीय बालगृहको जिम्मा लगायो ।
यसैगरी बर्दियाका १४ वर्षे नाम परिबर्तित प्रमोदको व्यथा पनि उस्तै छ । सानैमा बाबाको मृत्युपछि आमाले छाडी दोस्रो विवाह गरेपछि उनी टुहुरा भए । वर्षअघि आफ्नै काकाले भारतमा लागि राम्रो काम लगाइदिने भनी भारतको दिल्ली लगी एक होटलमा लगाइदिए । कामको अनुभव नभएका प्रमोदलाई काम गर्न गाह्रो भएपछि भागेर नेपाल जाने भनी ट्रेनको प्लेटफार्म पुगे । उनी ट्रेनमा चढी हरिद्वार पुगे । ट्रेनमा बालकलाई बेवारिसे देखेपछि रेल्वे पुलिसले फेला पारी हरिद्वार राजकीय बाल गृहको जिम्मा लगायो ।
उद्धार गरिएका बालकहरुलाई शान्ति पुनस्र्थापना गृहले परिवारको जिम्मा लगाएको छ । पीआरसी टोली बालकहरुको गृह जिल्लामै पुगी जनप्रतिनिधि र बिभिन्न सरोकारहरुको रोहबरमा जिम्मा लगाएका हुन् । भारतबाट विहीबार नेपाल आइपुगेको टोलीले बर्दियाका बालकलाई सोही दिन नै आफन्तको जिम्मा लगाएको शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । अन्य दुई बालकहरुलाई भने शुक्रबार झापा र र धादिङ पुगेर जनप्रतिनिधि र सरोकारवालाको रोहबरमा परिवारसँग पुनर्मिलन गराएको भट्टराईले बताएका छन् ।
शान्ति पुनस्र्थापना गृहले भारतबाट तीन बालकको उद्धार गरी नेपाल फर्काएको छ । शान्ति पुनस्र्थापना गृह केन्द्रिय कार्यालयका सुमन सापकोटा, दिनेश्वर गौर, पीआरसी कपिलवस्तु संयोजक भूमिराज भट्टराई र दिपक के.सी. सहितको टोलीले भारतको देहरादूनबाट उद्धार गरेको थियो । देहरादूनस्थित हेल्पक्रसका विशाल थापाको सहयोगमा बालकहरुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको पीआरसी कपिलवस्तु संयोजक भूमिराज भट्टराईले बताए ।

अपडेट : 2019-06-01 07:55:37




your-image

Leave a Comment