मंसिर ४ २०७६   |  2019 Nov 20    


सैनामैनाका गाउँब्लकलाई लालपुर्जा

news


भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या तत्काल समाधान गर्ने बताएकी छन । भूमिहिन, सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधानको लागि विधेयक तयारीमा रहेको बताउदै त्यसलाई संसदवाट पारित गरी ऐन बनाएर यही सरकारले लालपुर्जा प्रदान गर्ने बताईन । हामीले चुनावमा पनि प्रतिवद्धता जनाएका थियौ । भूमि सम्वन्धी समस्या तत्काल समाधान गछौ ।’
सैनामैनाका गाउँब्लकलाई लालपुर्जा वितरण गर्दे भनिन– जनता खुसी त्यसै हुन सक्दैन, वोलेको कुरालाई व्यवहारमा लागु गछौं ।’ उनले १ वर्ष भित्र भूउपयोग सम्वन्धी नक्सा स्थानिय तहलाई वुझाउने गरी नाम नक्साको गर्ने बताईन । जनतालाई मालिक वनाउने अभियानकै क्रममा भूमि व्यवस्थालाई प्राथमिकता दिएको उनले बताईन । मालपोतबाट दिईने सेवा कम्प्युटर सिष्टमका नजादा सम्म मातपोत कार्यालयहरु भ्रष्टचारको अखडा बनिरहने भएकाले सबै अभिलेखहरुलाई कम्युटरमा राखेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन लागेको उनले बताईन ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव, पुर्व अर्थमन्त्रि तथा सांसद विष्णुप्रसाद पौडेलले सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान छिट्टै हुने वताए । ‘यसलाई हामी स्थायी रुपमा समाधान गर्देछौ ।’ उनले भने– भोट माग्दाको प्रतिवद्धता पुरा गरेरै छाड्छौ ।’ उनले गाउ ब्लकबाट १५ लाख जनता लाभान्वित हुने बताए । लालपुर्जा वितरणको शुरुवात गाउब्लकवाट शुरु गरिएको बताउदै यसलाई अभियानकै रुपमा लैजाने बताए । कालि गण्डकी डाईभर्सन नेपालकै लागी एउटा नमुना ड्मि प्रोजेक्ट रहेकाले यसले गण्डकी प्रदेश र प्रदेश नं ५ लाई फाईदा हुने भएकाले विवाद गर्नु जरुरी नभएको बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पाटीका नेता तथा संसदीय दलका सचेतक खिमलाल भट्टराई, प्रदेश नं ५का भूमिव्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेल लगायले स्थानिय तह अधिकार सम्पन्न भएकाले भूमिको मुखय दायित्व स्थानीय तहकै भएको बताए ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले २०२१देखी नभएको गाउ व्लकको नापी नक्साको काम २०७०देखी शुरु गरिएको र गाउब्लकहरुलाई लालपुर्जा वितरण गर्न सम्भव भएको बताए । उनले यो वर्ष १ हजार हेक्टर गाउ ब्लक जग्गा नापी गर्ने योजना रहेको बताए ।
सैनामैना नगरपालिकाले गाउँब्लकका विभिन्न १७ ब्लकमा रहेका ४ सय ६४ जनालाई आइतबार लालपुर्जा वितरण गरेको हो । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नगर प्रमुख चित्रबहादुर कार्की र नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका थिए ।
नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएकाहरुलाई नाप नक्सा गराई लालपुर्जा वितरण गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।
२०२३ सालमा तत्कालिन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका सैनमैनाका गाउँब्लकका सयौं कित्ताहरुको लालपुर्जा छैन । सोरौली, पर्रोहा, चेथरी, सेरुवा, बक्सड, सदवोरा, कुस्मा, खलनपारा, बनकटवा, उत्तर दोगहरा, खखनपुर, रन्यौरा, विचौवापुर, उत्तर बरौली थता फच्कापुर र भच्कैया गाउँका ४ सय ६४ लालपुर्जा वितरण गरिएको हो ।

अपडेट : 2019-05-27 08:55:49




your-image

Leave a Comment