श्रावण ८ २०७६   |  2019 Jul 24    


रुरु पूर्ण विद्यालय भर्ना गाउँपालिका

news


महिनादिनको प्रयासपछि रुरुलाई विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको गाउँपालिकाको रुपमा सुनिश्चित गरिएको छ । गाउँ कार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिकालाई पूर्ण भर्ना गाउँपालिकाको रुपमा घोषणा गरेको हो । घोषणासँगै रुरु संभवत प्रदेश नं ५ मा आधारभूत तहमा विद्यालय उमेरका बालबालिका भर्ना सुनिश्चित गर्ने पहिलो गाउँपालिका   बनेको छ ।
नयाँ शैक्षिक शत्र शुरु भएसँगै गुल्मीको रुरु गाउँपालिकाले विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्न शुरु गरेको थियो । विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्नका लागि जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी परिचालन गरिएको थियो ।
गाउँपालिकाका प्रवक्ता शेष नारायण पौडैलले बालबालिकालाई आधारभूत तहको शिक्षा सुनिश्चित गर्नका लागि अभियान मार्फत गाउँपालिकालाई पूर्ण भर्ना गाउँपालिकाको रुपमा घोषणा गरिएको बताए । उनले अभियानको क्रममा गत शैक्षिक शत्रमा अनियमित हुने र बीचमै छाडेका बालबालिका बाहेक विद्यालय नै नगएका बालबालिका नभेटिएको बताए । उनका अनुसार त्यसरी विद्यालयमा अनियमित र बीचमै छाडेका बालबालिकाको संख्या ८ जना रहेको ति बालबालिकालाई विद्यालयमा भर्ना गरिसकिएको छ । विद्यालय उमेरका अपाङ्गता भएका बालबालिकाहरुका लागि रिडीमा अर्टिजम पाठशालाको अवधारणा अगाडी बढाउने सोच अगाडी ल्याएको गाउँपालिकाले जनाएको छ ।
केही बर्ष अगाडि रुरु गाउँपालिकामा विद्यालय तह कक्षा १–१० मा पाँच प्रतिशत बालबालिकाले बीचमै विद्यालय छाड्नेको गरेको तथ्यांक रहेको थियो । नेपाल सरकारले आब्हान गरेको ‘हाम्रो सहर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याउ’ँ नारा अनुसार गाउँपालिकाले पूर्ण भर्ना गाउँपालिका बनाउनका लागि अभियान शुरु गरेको गाउँपालिकाका स्रोत व्यक्ति बामदेव ज्ञवालीले बताए । ज्ञवालीका अनुसार विद्यालय उमेरका बालबालिकालाई विद्यालयभित्र ल्याउनका लागि दुई चरणमा बैठक भई काम अगाडी बढेको थियो । त्यसअघि गाउँ शिक्षा समिति र पालिकाभित्रका प्रधानाध्यापकहरुको बैठकमा उक्त बिषय एजेण्डाको रुपमा छलफल भएको थियो ।
सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट सुनिश्चित गर्ने निर्णय गरी गाउँपालिकामा निर्णय पठाएका थिए । त्यसअघि विद्यालय सेवा क्षेत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षकहरु, विद्यार्थीहरु परिचालन गरी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर भए नभएको विद्यालय र वडा कार्यालयले जनप्रतिनिधिहरु परिचालन गरी सुनिश्चित गरेका थिए ।
रुरु गाउँपालिकाका सामुदायिक ४३ र संस्थागत तीन गरी ४६ वटा विद्यालय रहेका छन् । जहाँ गत शैक्षिक शत्रको विद्यार्थी संख्या बालविकास केन्द्रदेखि कक्षा १० सम्म ४ हजार ८ सय ६२ छ । गाउँपालिकाभित्र रिमुवाको जनज्योती माविमा दृष्टिबिहान स्रोत कक्षा रहेको छ । विद्यालयमा ल्याउनका लागि गाउँपालिकाले पोशाक, स्टेशनरी, पाठ्यपुस्तकका लागि सहयोग गर्ने नीति अनुसार अति गरिब र अति बिपन्न परिवारका बालबालिकालाई पालिकाबाट विद्यालय जानसक्नेगरी सहयोग नीति अघि सारेको छ । गाउँपालिकाले अग्रेजी माध्यमको पाठ्यपुस्तकका लागि पाँच लाख बजेट बिनियोजन गरेको छ । उक्त रकम बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि समेत प्रयोग गर्न सकिने गाउँपालिकाका प्रवक्ता शेषनारायण पौडेलले जानकारी दिए ।
रुरु गाउँपालिकाको नेपालको शिक्षाको इतिहासमा गर्विलो इतिहास छ । गाउँपालिकाको रिडिमा बि.स. १९६९ मा संस्कृत भाषा पाठशालाको नाममा स्थापना भएको थियो । उक्त पाठशाला २०१५ मा सस्कृत प्रधान पाठशालामा नामाकरण भई नयाँ शिक्षा लागु भएपछि संस्कृत माध्यमिक विद्यालय र २०६५ संस्कृत तथा साधारण विद्यालयको रुपमा संचालनमा रहेको नेपालको शैक्षिक इतिहासमा भेटिन्छ ।

अपडेट : 2019-05-12 13:41:31




your-image

Leave a Comment