जेठ ११ २०७६   |  2019 May 25    


लुम्बिनी भ्रमण बर्षको तामझामले छोएन रामग्राम

news


प्रदेश नं. ५ प्रदेश सरकारले गर्न लागेको लुम्बिनी भ्रमण बर्षको तामझामले लुम्बिनीसंगै जोडिएको रामग्रामलाई छुन सकेको छैन् । पर्यटन बर्षको घोषणा बुद्ध (बैशाख) पुर्णिमाका दिन लुम्बिनीबाट गरिने भए पनि लुम्बिनी सर्किट भित्र पर्ने रामग्राम क्षेत्रका बासिन्दा अनभिज्ञ देखिदा छन् ।
प्राचिन इतिहास बोकेको भगवान गौतम बुद्धको जन्म लुम्बिनीसँगै तत्कालिन कोलिय र शाक्य राज्यको राजनीतिक इतिहाससंगै जोडिएको रामग्राम क्षेत्र हो । लुम्बिनी विकास कोषले रामग्रामलाई पहिला देखी नै वेवास्ता गर्दै आएकोमा दैलोको प्रदेश सरकारले पनि रामग्रामलाई नसम्झिएको स्थानीयको आरोप छ । बुद्ध जयन्ती नजिकिदै गर्दा समेत भ्रमण बर्षको प्रचार प्रसार रामग्राम क्षेत्रमा नहुदा सुनसान देखिएको स्थानिय रविन्द्र यादवले बताए । लुम्बिनीको नाम लिने वित्तिकै रामग्राम र स्तुप पनि जोडिन्छ,तर अहिले पर्यटन बर्ष मनाउन लागिएको कुरा समाचारमा सुनिएको छ, तर रामग्राममा कुनै पनि गतिविधि भएन उनले भने । कोषले मात्रै नभई प्रदेश सरकारले पनि रामग्राम प्रति वेवास्ता गरेको रामग्राम स्तप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए ।
लुम्बिनी विकास कोष होस वा अहिलेको प्रदेश सरकार यि दुबैबाट रामग्राम क्षेत्रलाई वेवास्ता गर्ने गरिएको छ, उनले भने, तर हामी स्थानिय स्तरबाट स्तुपको संरक्षण र प्रवद्र्धनमा जुटेका छौ । बर्षेनी बुद्ध पुर्णिमा आफ्नै तरिकाले मनाउदै आएको उनले सुनाए । लुम्बिनी विकास कोषका पदाधिकार तथा कर्मचारी पनि रामग्राममा औपचारिकता दिनका लागि दुई तिन दिन पहिला नै स्तुपमा आएर कार्यक्रम गरी कोटा पुरा गरेर फर्कन्छन,तर स्थानिय स्तरबाट बुद्ध पुर्णिमामा रामग्राम महोत्सव गर्दै आएको उनको भनाई थियो ।
लुम्बिनी पर्यटन बर्ष घोषणाका कुरा सुनिए पनि रामग्राम स्तुप क्षेत्रमा के कस्ता कार्यक्रम हुने हो,भन्ने कुरा जानकारी नभएको रामग्राम स्तुप रहेको रामग्राम ७ का वार्ड अध्यक्ष शिवशंकर प्रसाद हरिजनले जनाए । प्रदेश सरकार र लुम्बिनी विकास कोषले स्तुप क्षेत्रमा काम गरोस वा नगरोस हामी स्थानिय हौ,आफुले सके अनुसार बुद्ध पुर्णिमा मनाउने र आउने पर्यटक तथा श्रद्धालु भतmजनको सेवा सत्कार गर्ने नै छौ । लुम्बिनी विकास कोषका कार्यक्रमले पहिला पनि रामग्रामलाई छोएको थिएन,अहिले पनि पर्यटन बर्ष घोषणाले पनि केही होला जस्तो लागेको छैन्, उनले भने, तर पनि स्थानिय स्तरबाट रामग्राम महोत्सव गर्ने छौ,कोष र प्रदेश सरकारको भर पर्दैनौ । रामग्राम नगरपालिकाले समेत वेवास्ता गरेको देखेर उनले दुःख ब्यतm गरेका थिए ।
प्रदेश सरकारले पर्यटन बर्ष मनाउनका लागि चार करोड रकम खर्चदैछ,तर रामग्राम क्षेत्रमा के कस्ता कार्यक्रम छन्,भन्ने अहिलेसम्म जानकारी नआएको जिसस प्रमुख शिव शंकर रायले जनाए । उनले आफुले मुल समिति बन्दा समेत नवलपरासीबाट जनप्रतिनिधिहरु राखिए पनि रामग्राम क्षेत्रका जानकार तथा काम गर्दै आएका विज्ञ कसैलाई नसमेटिएको कुरा आफुले उठाएको जनाए । पहिला देखी कोषले वेवास्ता गर्ने त गरेकै थियो,तर अहिले प्रदेश सरकारले पनि रामग्रामलाई समेट्न सकेको छैन् । प्राचिन कोलिय गणराज्य र शाक्य राज्यको आपसी सम्बन्ध बुद्धसंग जोडिन्छ,अहिले पनि बुद्ध स्थल नवलपरासीको रामग्राम क्षेत्रमा प्रयाप्त छन्,उनले भने, तर सोध खोज र विकास संरक्षणका कार्य सरकारी स्तरबाट हुन सकेको छैन् ।
कोलिय राजकन्य मायादेवी र शाक्य राजकुमार शुद्धोधनको विवाह भएको थियो । उनकै सन्तान सिद्धार्थ गौतम हुन् । शाक्यहरुको कपिलबस्तुको तिलौराकोटबाट मायादेवी माइता कोलिय राज्यको राजधानी रामग्राम (देवदह) आउदै गर्दा लुम्बनी बनमा सिद्धार्थको जन्म भएको थियो । कोलिय राज्य सिद्धार्थ गौतमको मावली स्थलहरु हो । सिद्धार्थ गौतम बुद्धत्व प्राप्ती पछि बुद्ध भए र उनको महापरिनिर्वाण भए पनि उनको अस्थि बाडफाड हुदा कोलिय राजाहरुले पाएको आफ्नो भागको अस्थि ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन स्तुप अहिले पनि जिल्ला सदरमुकाम परासी देखी तिन किलोमिटर दक्षिण उजैनी र देउरवा गाउको विचमा अवस्थि छ । त्यसै गरि कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर)मा दरबारका भग्नावेशहरु रहेको छ ।
त्यसै गरि कोलिय राज्य भित्र रहेका विभिन्न १२ वटा नगरराज्य थिए । त्यसै मध्येको कुनै नगरराज्य सुनवलको तरगौलीमा रहेको छ । त्यसै गरि सिद्धार्थ गौतम गृहत्याग गरि अनोमा घाट(हाल नारायणी नदीको ठाढीघाट)मा रहेको छ । रामग्राम स्तुप,कोलिय राजधानी रामग्राम,अनोमा घाट,तरगौली,देवगाव लगायतका आधा दर्जन बुद्धसंग सम्बन्धित भए पनि बुद्ध सर्किटमा सबै स्थान समेटिएका छैनन् ।

अपडेट : 2019-05-11 07:21:39




your-image

Leave a Comment