मंसिर ४ २०७६   |  2019 Nov 20    


‘सिनियरलाई निर्देशक जुनियरलाई मन्त्रालयको सचिव’

news


प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दुई जना सचिव भएका छन । याम नारायण देवकोटा सचिव हुँदाहुँदै संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले बैकुण्ठ अधिकारीलाई (माला लगाएका) कर्मचारी समायोजनमा प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाएपछी एउटै मन्त्रालयमा दुई सचिव भएका हुन ।
एउटै मन्त्रालयमा दुई जना सचिव भएपछी प्रदेश मन्त्री परिषद्को बैठकले देवकोटालाई प्रदेशको कृषि बिकास निर्देशनालयमा पदस्थापन गर्ने निणर्य गरेको छ । यसरी निर्णय गर्दा जुनियरलाई सचिव र सिनियरलाई निर्देशकको जिम्मेवारी परेको छ । निर्देशनालय मन्त्रालय अन्तर्गतको रहेको निकाय हो । यसरी जिम्मेवारी पर्दा काम गर्नका लागि नैतिक र व्यवहारिक रुपमा अप्ठ्यारो पर्ने मन्त्रालयका एक अधिकारीले बताए । ‘निर्देशनालय मन्त्रालय अन्तर्गतको हो ति अधिकारीले भने, मन्त्रालय हाक्दै आउनुभएका सचिव यामनारायण जी त्यही मन्त्रालयकै निकायमा जुनियरलाई हाकिम मानेर काम गर्नुपर्ने भो ।’ संघले प्रदेश सरकारलाई हेप्दा यस्तो अवस्था आएको एक अधिकारीको भनाई छ ।
देवकोटाले समायोजनमा प्रदेश रोजेकाले र संघीय सरकारले आफना प्रतिनिधिका रुपमा अधिकारीलाई सचिवका रुपमा पठाएकाले समस्या नहोस भनी मन्त्रीपरिषदले निणर्य गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताए ।
‘देवकोटा जीले सहज रुपमा लिनु भएकाले तत्कालका लागि समस्या भएन तर संघीय सरकारले यसलाई पक्कै सच्याउने छ मन्त्री चौधरीले भने ।’
मन्त्रालयमा अधिकारीले सचिवको जिम्मेवारी सम्हालेपछी देवकोटा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । प्रशासनिक पोटफोलियोमा अधिकारी भन्दा देवकोटा सिनियर छन । अधिकारी भन्दा एक वर्ष अघि नै देवकोटा नेपाल सरकारको सहसचिव भएका थिए ।
देवकोटा निर्देशनालयमा पदस्थापन भएपछी सोमवार नवआगन्तुक सचिव अधिकारीलाई अन्य कर्मचारीको उपस्थितिमा मन्त्रालयमा पदस्थापन गराएका छन ।
अधिकारीलाई सचिवमा पदस्थापन गराएपछी देवकोटा एक साताका लागि दागं र नेपालगञ्जमा प्रदेश मन्त्रालयले आयोजना गरेका तालिममा सहभागि हुन मोवाइल फोन नै स्विच अफ गरी नेपालगञ्ज पुगेका छन । नवआगन्तुक सचिव अधिकारी पहिलो दिनको हाजीर गरी प्रदेशका प्रमुख सचिवसंग भेट गरी भैरहवा फर्किएका छन । मन्त्रालयको वेभ साइटमा याम नारायण देवकोटाको नाम नै सचिवको रुपमा रहेको छ ।

अपडेट : 2019-04-30 07:12:14




your-image

Leave a Comment