मंसिर २८ २०७६   |  2019 Dec 14    


जित्ने जितगढी

news


अंग्रेज फौजको तुलनामा नेपाली फौज नगन्य थियो । अगे्रजहरुले तिनाउ नदि पारीवाट गोलावारी शुरु गरे, नेपाली फौजले सामान्य प्रतिरोध मात्र गर्यो । त्यसपछि परिस्थिति शान्त देखियो, अंग्रेजहरुले बुटवल र गढी किल्ला खाली भएको महसुस गरे । जनरल उर्डले तिनाउ नदि पार गरि बुटवल र गढी कब्जा गर्ने आदेश दिए । अगं्रेज सेना नदिको मध्ये भागमा पुग्दा नगुग्दै जितगढीबाट भएङ्गकर गोली चल्यो । अग्रेंज फौजले अगाडी बढ्ने हिम्मत गर्न सकेन । अन्तत मेजर जनरल उड यूद्ध परित्याग गर्न बाध्य भए ।
यो युद्ध कहानी सन १९१५ तिरको हो । सन् १८१४ मा नेपालको तत्कालीन इस्ट इण्डिया कम्पनी सरकारसँग भएको सिमा विवाद मध्ये रौतहटका २२ ठाँउ र पाल्पा राज्य अन्र्तगत स्यूराज र बुटवल गरि दुई ठाउँका बिषयमा समस्याहरु अत्यन्त जटिल थिए ।
सामरिक हिसावले महत्वपुर्ण यि दुइभागरु पश्चिम क्षेत्रको स्यूराज र बुटवलमा दुवैपक्ष नेपाल र कम्पनी सरकारको आ–आफ्नो भूभाग हो भन्ने दावि गरिहेको अवस्था थियो ।
इतिहासकारहरुका अनुसार यो समस्या समाधानका लागि वेतियामा दुवै पक्ष विच वार्ता भयो तर सफल रहेन, लगत्तै अंग्रेज गभर्नर लर्ड हेस्टिङ्गसले २५ दिनभित्र रौटहटका २२ ठाँउ र स्यूराज बुटवलको स्वामित्व त्याग्न र सेना फिर्ता लान नेपाल सरकारलाई चेतावनी पत्र पठाए ।
उनले सैनिक हस्तक्षेप गर्ने आदेश सँगसँगै लिइसकेका थिए । नेपाल सरकारले २५ दिनभित्र जवाफ दिएन, परिणाम स्वरुप २२ अप्रिल १८१४ मा ३ पल्टन अंग्रेज सेना स्यूराज र बुटवल क्षेत्र प्रवेशगरि युद्ध नगरिकनइ ति भूभागहरु आफनो कब्जामा लिएका थिए ।
अन्तत अंग्रेज फौजले बुटवलमा एक र स्यूराजमा गरी २ स्थान कायम गरी फर्के । केहि समयपछि २९ मेई १८१४ मा नेपाली सेनाले उक्त भूभागमा आफनो आधिपत्य पुनः कायम गरे । यस हमलामा अंग्रेजका दरोगा सहित १८ जना पुलिस मारिएका थिए । तत् पश्चगात अंग्रेज गर्भनर लर्ड हेस्टिङ्गसले १ नोभेम्बर १८१४मा नेपाल विरुद्ध औपचारिक रुपमा युद्धको घोषणा गरेका थिए ।
बुटवलको बाटो भै पाल्पा प्रवेश गर्न १ हजार अंग्रेज र ३ हजार भन्दा बढी सिपाईहरु सहित मेजर जनरल उड खटिएका थिए । १५ नोभेम्वर १८१४ दिन अगाडी बढ्ने आदेश पाएको यो फौज डिसेम्बरमा मात्र अगाडी बढ्यो ।
उनले आफनो सबै पल्टन २६ कम्पनि र ११ वटा गनको मद्दतले बुटवलको जितगढी कब्जा गर्ने निधो गरे । त्यसपछि पाल्पा हान्ने उनको दाउ थियो । ३ जनवरी १८१५ दिन मेजर जनरल उर्डको नेतृत्वमा सेना उत्तर तर्फ बढ्यो । बुटवल पुग्नु भन्दा अगावै तिनाउ नदि पार गरि पश्चिम र त्यसपछि उत्तर तर्फ लागे । उनिहरु कल्लाको नजिक पुगेको जस्तो लागेर किल्लाको रेकी गर्न एउटा सानो डपफ त्यसतर्फ पठाए । रेकी गरी फर्कने क्रममा भित्रबाट गोली चल्यो त्यसपछि दुवै तर्फ गोली हानाहान हुन थाल्यो ।
अंग्रेजी फौज अगाडी बढ्न सकेन त्यसपछि सबै फौज एक ठाँउमा जम्मा भएपछि त्यसलाई २ भागमा विभाजित गरी एउटा दलको नेतृत्व कमाण्डर क्रोकर र अर्को दलको नेतृत्व स्वय मेजर जनरल उडले गर्दै अगाडी मात्र के बढेका थिए, भिषण युद्ध शुरु भयो । कप्तान क्रोकरको टोलीको आक्रमणबाट सरदार सूर्य थापाले विरगति प्राप्त गरेका थिए सबुज र गुरुबक्स पल्टनका बाँकी फौजका साथ कर्णेल उजिर सिंह थापा नुवाकोटवाट ओर्ली जितगढी पुगेर लडाईको कमान आफनो हातमा लिए ।
घमासान युद्ध चलिरहेको थियो, दुश्मन अंग्रेज सेनातर्फ बृगेड मैजर हैट र इन्जिनियर लेफ्टिेण्ट मोरिसन नराम्ररी घाईते भए । लडाई जुन ढंगले भैरहेको थियो, त्यसले मेजर जनरल उडलाई निरास बनायो अन्तत उनले युद्ध परित्याग गर्ने फैसला गरे र पछि हटे उनि बाँकी सेना सहित २० जनवरी १९१५ का दिन सुरजपुर, खुर्द लौटन हँुदै गोरखपुर फर्के । मेजर जनरल उड फेरी जितगढी आक्रमण गर्ने प्रयत्नमा लागि रहे । ६ अप्रिल १८१५का दिन उनि सेना सहित लौेटन आई पुगे, उनको फौज तिनाउ नदिको पूर्वी किनारबाट अगाडी बढ्यो । उत्तर तर्फ बढ्दा बढ्दै फौज हालको खस्यौली बजार पुग्यो अंग्रेजहरुसँग २ वटा १८ राउण्डर गन र ४ वटा मोर्टारहरु थिए ।
बुटवलको बाटो भै पाल्पा प्रवेश गर्न १ हजार अंग्रेज र ३ हजार भन्दा बढी सिपाईहरु सहित मेजर जनरल उड खटिएका थिए । १५ नोभेम्वर १८१४ दिन अगाडी बढ्ने आदेश पाएको यो फौज डिसेम्बरमा मात्र अगाडी बढ्यो ।
अंग्रेज फौजको तुलनामा नेपाली फौज नगन्य थियो । अगे्रजहरुले तिनाउ नदि पारीवाट गोलावारी शुरु गरे, नेपाली फौजले सामान्य प्रतिरोध मात्र गर्यो । त्यसपछि परिस्थिति शान्त देखियो, अंग्रेजहरुले बुटवल र गढी किल्ला खाली भएको महसुस गरे । जनरल उर्डले तिनाउ नदि पार गरि बुटवल र गढी कब्जा गर्ने आदेश दिए । अगं्रेज सेना नदिको मध्ये भागमा पुग्दा नगुग्दै जितगढीबाट भएङ्गकर गोली चल्यो । अग्रेंज फौजले अगाडी बढ्ने हिम्मत गर्न सकेन । अन्तत मेजर जनरल उड यूद्ध परित्याग गर्न बाध्य भए ।
जितगढि किल्ला
उत्तर दक्षिण बग्ने तिनाउ नदिको काखमा छ जितगढि किल्ला । यो किल्लासंग जोडिएको छ नेपालीको विरताको गाथा । नेपाल—अंग्रेज युद्धमा गौरवको गाथा बोकेको यो जितगढी किल्ला बुटवल उपमहानगरपालिकाको वडा नं. २ मा अवस्थित छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बुटवल–कोहलपुर खण्डको तिनाउ नदिको पश्चिम किनारमा पक्कीपुल नजिक दक्षिणपट्टी रहेको यो किल्ला पाल्पाली सेन वंशिय स्मारकहरु मध्ये एक मानिन्छ ।
नेपाली फौजको चतुर बुद्धि र पराक्रमको प्रयोग गरिएको ऐतिहासिक महत्वपूर्ण विजयको प्रतिक यो जितगढी किल्लाले नेपालीको अदम्य शाहस, पौरख, विरता र देशभक्तिलाई चित्रित गरिरहेको छ ।
इतिहासका जानकारहरुको अनुसार बुटवल स्थित जितगढी किल्ला अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको एकमात्र ऐतिहासिक स्थल हो । यहि किल्लाबाट सन् १८१४–१८१५ को नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेको नेपाली सेनाले मेजर उड्को नेतृत्वमा आएको आधुनिक हातहतियारले सुसज्जित अंग्रेज फौजलाई पराजित गरेको थियो । जितगढी किल्ला नजिकै मणिमुकुन्द सेनको शितकालिन दरवार अंग्रेजहरुको गोलावारीले ध्वस्त भएको थियो ।
आंशिक भग्नावशेष अवस्थामा रहेको जितगढी किल्लाको आव २०५५ /०५६ मा प्रारम्भिक चरणको उत्खनन् कार्य गरिएको बटौली संरक्षण संवद्र्धन समितिका सचिव समेत रहेका बुटवल उपमहानगरपालिकाका वडा नं २का अध्यक्ष रमेश नेपाल बताउ“छन । उत्खननको क्रममा शुरुङ मार्ग रहेको तथ्य पत्ता लागेको थियो । पुरात्व विभागले २०७० माघमा पुनः उत्खनन् गरेको थियो । जितगढी किल्ला १६–१७ औं शताव्दी तिर सेनबंशीय ( पृथ्वी पाल सेन ) पाल्पाली राजाहरुको पालामा निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ ।
उत्खनन्का क्रममा जितगढी किल्लाको पूर्व पश्चिमबाट उत्तर खण्डको पर्खालसँगै गढीकिल्ला सँग सम्बन्धित सुरुङ्गमा प्रवेश गर्ने ७ /७ वटा खुडकीला भएको २ वटा सिँढी, तल्लो भागमा पलास्टर सहितको भूँई, बरण्डा, माथी छुने छपनी समेत फेला परेको थियो ।
वि सं २०५४ साल देखी जितगढी किल्लाको संरक्षणमा चासो देखाईएको पाईन्छ । जननिर्वाचित प्रतिनिधि आएपछि वि सं २०५७ मा कर्णेल उजिर सिंह थापाको अर्दकदको शालिक निर्माण गरिएको हो । त्यति खेर २९ घर धुरीलाई स्थानान्तरण गरी जितगढि किल्लाको संरक्षण शुरु गरिएको वडाध्यक्ष नेपालले बताए । त्यति वेला पार्क निर्माण गरी संरक्षणको लागि कर्मचारी समेत खटाईएको थियो ।
यसको विकासको लागि सांसद विष्णु प्रसाद पौडेलको भूमिका छ । उनले सांसद विकास कोषबाट १८ लाख रुपैया लगानी गरेका थिए । बुटवल उपमहानगरपालिकाले जितगढी किल्लाको संरक्षणको लागी चालु आर्थिक वर्षमा ८० लाख रुपैया बजेट विनियोजन गरी भौतिक पुर्वाधारको काम धमाधम भईरहेको छ ।
पार्कमा ठूलो झण्डाराख्नको लागी मिटर अग्लो डावर बनाईएको छ । त्यसको नजिकै उजिरसिंहको पुर्ण कदको शालिक निर्माण गरिएको छ । कवर्ड हल र वडा कार्यालयलाई हटाएर खाली ठाउ बनाईएको छ । करिव ५ कट्टामा फैलिएको जितगढी किल्लाको क्षेत्रलाई निकट भविष्यमा विस्तार गरी साढे २ विगाहा पुराउने लक्ष्य बुटवल उपमहानगरपालिकाले लिएको छ । जसको लागी करिव ३१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जितगढी किल्लाको संरक्षणलाई प्रथमिकतामा राखेर पुर्वाधार निर्माणको कार्य भईरहेको बताए ।
एतिहासिक किल्लाको प्रर्वद्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको उनले बताए । जितगढि किल्लाको उत्तर तर्फ वटौली संग्राहलय बनाईदै छ । जसको डिपिआर समेत तयार भईसकको वडाध्यक्ष नेपालले जानकारी दिए । दुई करोड रुपैयामा निर्माण गर्न लागिएको उक्त संग्राहलयमा नेपाल – अंग्रेज युद्धको झल्को दिने गरी एतिहासिक पक्षको जानकारी दिईने छ ।
जितगढी किल्लाको विजयलाई लिएर प्रत्येक वर्ष वैशाख ७ गते पाल्पामा विजय उत्सवको रुपमा जात्रा मनाउने गरिन्छ । भगवती जात्राको नामले यो प्रसिद्ध छ । स्थानिय स्तरबाट २०६७ सालदेखी विजय उत्सव मनाएपनि उपमहानगरपालिकाको अगुवाईमा अघिल्लो वर्षदेखी जितगढी विजय उत्सवको रुपमा यो दिनलाई मनाउन थालिएको हो ।
यो वर्ष बुटव उपमहानगरपालिकाले ८ लाख रुपैया खर्च गरेर जितगढी विजय उत्सव मनाउन लागेको छ । विजय उत्सवको खुसीयाली मनाउन प्रधानमन्त्रि एवं नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुर्व प्रधानमन्त्रि एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बुटवलमा आउ“दैछन ।

अपडेट : 2019-04-20 10:19:37




your-image

Leave a Comment