मंसिर २८ २०७६   |  2019 Dec 14    


ट्याङकरले ठक्कर दिदा दुई जनाको मृत्यु

news


कावासोतीको डण्डामा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । नवलपुर जिल्लाको कावासोती नगरपालीका १६ डण्डामा सोमबार रातीको समयमा दुध बोक्ने ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ३ ख ९१५८ नम्बरको दुधको टयाङ्ककरले पूवबार्ट पश्चिम तर्फ जादै गरेको लु २८ प २०३१ नम्बरको माटेराईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार नवलपुरको मध्यविन्दु नगरपालिका दुई बस्ने मोटरसाईकल चालक वर्ष ४२ का युवराज घिमिरे र सोहि ठाउका मोटरसाइकलमा पछाडी सवार वर्ष ३६ का पिताम्बर पाठकको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका दुवैजनाको उपचारको क्रममा डण्डाको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्करका चालक र दुर्घटनामा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

अपडेट : 2019-02-12 10:18:33




your-image

Leave a Comment