आश्विन २ २०७६   |  2019 Sep 19    


अमित बरालसँगै पुष्पन प्रधान

news

गायक पुष्पन प्रधान र नेपाल आईडलका उत्कृष्ठ ५ मा परेका अमित बराललाई रूपन्देहीमा स्वागत गरिएको छ ।
सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा गायक पुष्पन प्रधान र एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपाल आईडल सिजनटु को टप फाईभमा पुग्न सफल मुर्गियाका अमित बराललाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो । सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गायक पुष्पन र अमित दाजुभाई बनेर सैनामैनामा आउँदा निकै खुसी लागेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कार्कीले अमितले समग्र सैनामैनालाई विश्वसामु चिनाउन सफल भएको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले अमित देशकै गहना भएको बताए । उनले अमित टप फाईभमा पुग्नु ठुलो उपलिब्ध ठानेको उल्लेख गर्दै उज्जवल भविष्यको कामना गरे ।
कार्यक्रममा पुष्पन र अमितले एकै साथ ‘पन्छी’ ‘बाबुको जुंगो’ ‘ठुल्दाजु’ ‘सुन साईली’ लगायतका गीतहरू प्रस्तुत गरे । ‘पन्छी’ गीतमा पुष्पन र अमितले एकै साथ गाउँदा फ्यान र शुभचिन्तकको घुँईचो नै लागेको थियो । अमितले सबैको अपार माँयाले नै आफु यहाँ सम्म आउन सफल भएको भन्दै सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरे । बरालले सम्पुर्ण सैनामैनाबासी लगायत सबैप्रति आफु सधै ऋणि रहेको बताए । कार्यक्रममा पुष्पन प्रधानले रूपन्देहीबासीको चाहनाको सम्मान गर्दै र अमित आफ्नो जिवनमा विधाता बनेर आएकाले सैनामैनामा सँगै आएको हुँ । गायक प्रधानले अमितको स्वरको खुलेर प्रंशसासमेत गरे ।

अपडेट : 2018-12-13 07:12:20




your-image

Leave a Comment