भाद्र ४ २०७६   |  2019 Aug 21    


लियो क्लब अफ बुटवल खस्यौलीमा पदस्थापना

news

लियो जिल्ला परिषद ३२५ बि २ अन्तर्गत रहेको लियो क्लब अफ बुटवल खस्यौली ६ औं चार्टर डे कार्यक्रम चार्टर डे केक काटि सम्पन गरिएको छ । लियो क्लब अफ खसौलीले अध्यक्ष अनिस कसौधनको अध्यक्षतामा मंगलबार कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा २०१७÷०१८ का निवर्तमान अध्यक्ष विवेक कसौधनले आफ्नो कार्यकालमा सहयोग गर्नेहरूलाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरेका थिए । निवर्तमान डिष्ट्रिक प्रेसिडेण्ट लियो सार्दुल मयुर कशौधन, लियो डिष्ट्रिक भाईस प्रेसिडेण्ट लियो सरोज कण्डेल, नेपाल स्वयंसेबक रक्तदान संघका अध्यक्ष कृष्ण चौहान, लायन्स क्लब अफ मणिमुकुन्दका ०१८/०१९ का अध्यक्ष मुक्तिप्रसाद श्रेष्ठ, पप्पु गुप्ता, संस्थापक अध्यक्ष आदर्श श्रेष्ठ, नेपाल उद्यमी युवा मञ्चका अध्यक्ष अखिलेश गुप्ता, सल्लाकार सन्तोष कसौधन, उपाध्यक्ष मञ्जील विक, कार्यक्रम संयोजक प्रविन क्षेत्री लगायतले बोलेका थिए ।

अपडेट : 2018-12-13 07:04:20




your-image

Leave a Comment