मंसिर २८ २०७६   |  2019 Dec 14    


जनजागृती आधारभूत विद्यालयमा अक्षयकोष स्थापना

news


नेपाल मगर महिला संघ बुटवल उपमहानगरपालिकाले मायादेवी जनजागृती आधारभूत विद्यालयमा ५० हजार रूपैयाँको अक्षयकोष स्थापना गरको छ ।
नेपाल मगर महिला संघ बुटवल उपमानगर कमिटि अध्यक्ष माया गलामी, कोषाध्यक्ष सरिता श्रीष, सल्लाहकार ओमी पुन, कुमारी थापा, राम बहादुर विक, विद्यालय व्ययवस्थापन समितिका पूर्व निवर्तमान अध्यक्ष धन बहादुर गुरुङ्ग सहितको टोलीले विद्यालयका प्रधानाध्यापक माधव लोहनीलाई उक्त रकम प्रदान गरेका हुन् ।
यसरी ५० हजार रूपैयाँको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत अति विपन्न, जेहेन्दार, जनजाति विद्यार्थीलाई प्रदान गरिने निर्णय गरिएको जनाइएको छ । अक्षयकोषको ब्याजदरबाट स्टेशनरी, पोशाक, जुत्ता आदि प्रदान गरिने छ ।
यसैबीच, समितिले लुुम्बिनी अपाङ्ग दृष्टीबिहीन अनाथ आश्रम लाई ३५ हजार बराबरको जाडोका कपडा तथा खाद्यान्न सहयोग गरेको छ ।
नेपाल मगर महिला संघ बुुटवल उपमहानगर समितिका अध्यक्ष माया गलामीको नेतृत्वमा गएको टालीले सो सहयोग हस्तान्तरण गरेको संघले जनाएको छ । समितिले बुुटवल १५ उजेलापुुरमा रहेको अपाङ्ग आश्रमका अध्यक्ष मिना कुुमारी खड्का र सचिव मोहन ढेंगा मगर लाई उक्त सहयोग हस्तान्तरण गरेको हा । यसका साथै सोही आश्रमका अनाथ बालबालिकाका लागि संघकै अध्यक्ष माया गलामीले ब्यक्तीगत रूपमा १० हजार ५० रूपैयाँ नगद रकम समेत हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मगर महिला संघका निबर्तमान अध्यक्ष ओमी पुुन, मगर महिला संघ जिल्ला समितिका उपाध्यक्ष कुुमारी थापा नेपाल मगर महिला संघ वडा न ११ का अध्यक्ष मिरा आले लगायतको उपस्थिति रहेका थिए ।

अपडेट : 2018-12-12 07:43:42




your-image

Leave a Comment