जेठ ११ २०७६   |  2019 May 25    


द्वारिका उदय सिनेमा नयाँ प्रविधिमा

news

अत्याधुनिक सुबिधा सम्पन्न चलचित्र हाउसहरू खुल्ने क्रममा बुटवलमा थप नयाँ प्रविधि सहितको चलचित्र हाउस खुलेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष प्रदिप कुमार उदयले आफ्नो बुटवलमा सुबिधा सम्पन्न द्वारिका उदय सिनेमा शुरु गरेका हुन् । केहि समय अघि इटहरीमा उदय र निर्माता छविराज ओझाले यस्तै सुबिधा सम्पन्न हल संचालनमा ल्याएका थिए ।

हलको लक्जरी सिट, पर्दा तथा मल्टिप्लेक्स फेजमा सो हल निर्माण गरिएको छ । टु–डि तथा थ्री–डि स्क्रिन, सराउण्डिङ्ग साउण्ड सहितको सो हल यहि मङ्सिर २८ गते देखि सञ्चालनमा आउने सञ्चालक उदयले जानकारी दिए ।बढ्दो शहरीकरणसँगै नेपाली फिल्मको बजारलाई सुढृढ र व्यवस्थित गर्न हरेक शहरमा कम्तिमा एउटा फिल्म हलको खाँचो भएको भन्दै उनले बुटवलको राजमार्ग चौरहामा रहेको प्रधान हाईटमा उक्त सिनेमा घर निर्माण गरिएको हो ।

अपडेट : 2018-12-12 06:39:07




your-image

Leave a Comment