श्रावण ८ २०७६   |  2019 Jul 24    


इन्भाइरन्मन्ट नक आउटमा तीन खेल

news

रूपन्देहीको तिलोत्तमा–६ मणिग्रामस्थित न्यू इन्भाइरन्मन्ट बोर्डिङ स्कूलले आफ्नो रजत महोत्सवको अवसरमा आयोजित प्रथम इन्भाइरन्मन्ट नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत गलबार तीन खेल सम्पन्न भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा न्यु होराईजन जिविएस विजयी भएको छ । शहिद स्मारक बोडिङ स्कुललाई १ सय २० रनले हराउँदै होराईजन जिविएस विजयी भएको हो ।टस जितेर पहिले व्याटिङ गरेको न्यू होराईजन जिविएस निर्धारित १५ ओभरमा १ सय ८९ रन बनाएको थियो । होराईजन जिविएसका लागि निश्चिल पराजुलीले १ सय ६ रनको सतकिय प्रहार गरे । अर्का व्याटसमेन अनिष बस्यालले नट आउट ५३ रन बनाए । १ सय ९० रनको जवाफी व्याटिङमा उत्रेको शहिद स्मारकले १३ ओभर ३ बलमा सवै विकेट गुमाउँदै मात्र ६९ रन बनायो । प्रतियोगितामा म्यान अफदी म्याच निश्चल पराजुली भए ।
त्यस्तै दोस्रो खेलमा न्यू मुन विजयी भएको छ । नमस्ते एकेडेमीलाई १ सय २१ रनले हराउँदै न्यू मुन विजयी भएको हो । टस जितेर पहिले व्याटिङ गरेको न्यू मुनले १५ ओभरमा मात्र १ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । न्यू मुनका लागि मार्ट भबेन्द्र सिंहले ७३ रन, सुरज यादवले ५६ रन बनाए । जफावी व्याटिङमा नमस्ते एकेडेमीले ७ ओभरमा सवै विकेट गुमाउँदै मात्र ६७ रन बनायो । दोस्रो खेलमा ५६ रन बनाएका न्यु मनुका सुरज यादव म्यान अफ दी म्याच घोषित भए । त्यसैगरी तेस्रो खेलमा कासी नोबेल एकेडेमी विजयी भएको छ । मुनाल बोडिङ स्कुललाई ४ विकेटले हराउँदै कासी विजयी भएको हो । टस जितेर व्याटिङ गरेको मुनाले निर्धारित ओभरमा १ सय २० रन बनाएको थियो । १ सय २१ रनको विजय लक्ष्य पाएको कासीले १४ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो । म्यान अफ दी म्याच एजाज आलम घोषित भए ।
विद्यालयले आफ्नो रजत महोत्सव माघ १९ गते मनाउँदै छ । क्रिकेट प्रतियोगितामा रूपन्देहीका १६ विद्यालय सहभागी छन् । प्रतियोगिता अन्तर्गत बुधबार क्वाटरफाईलनमा ४ टिमको प्रतिस्पर्धा हुनेछ । सिद्धार्थ र नवज्योति, लिटिल प्याराडाईज र होराईजन जिविएस, शान्ती स्कुल र कासी नोबेल र अन्तिम खेल पामिर र न्यू मुन एकेडेमीका बीच हुनेछ ।

अपडेट : 2018-12-12 19:11:36




your-image

Leave a Comment