मंसिर २८ २०७६   |  2019 Dec 14    


‘भष्ट्राचार अन्त्यको लागि सुशासन आवश्यक’

news

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आवद्ध पारदर्शि सरोकार समुह रूपन्देहीले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवशको अवशरमा आयोजित छलफल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका छन् । उनीहरूले भ्रष्टाचार जन्य कर्मको विरुद्धमा सधैभर आफूलाई उभ्याउने र आफ्नो जिवन शैलीलाई सदाचारमय बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रदेश सभामुख पूर्णबहादुर घर्तिले प्रदेश सभाको सभामुखको हैसियतले प्रदेशभित्र शुसानका लागि आवश्यक कानुन, नीति निर्माण गर्न प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने बताए । उद्योग, पर्यटन तथा बन वातावरण मन्त्री लिला गिरीले शुसासन व्यवस्थापनका लागि संविधान, ऐन, कानुनको राम्रो निर्माण भएतापनि त्यसको कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई पार गर्दै भ्रष्टाचार मुक्त प्रशासन, जवाफदेहि सरकारको अनुभूति नागरिकहरूलाई दिलाउने गरि काम थालिने र परिणाम आउन केहि समय लाग्ने भएकाले त्यसका लागि धैर्यता समेत गर्न आग्रह गरे । प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोख्रेलले देश भ्रष्टाचारको दलदलमा फस्दै गएको र सरकारले नागरिकका आवाज नसुन्ने गरि बहिरो भएको हुँदा भ्रष्टाचार अन्त्य गर्न सबै पक्षले खबरदारी गरिरहनुपर्ने बताए ।
उक्त अन्तक्र्रिया कार्यक्रम टिआई नेपाल आवद्ध पारदर्र्शी सरोकार समूहका अध्यक्ष महेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवि आचार्य, उच्च अदालत तुल्सीपुर बुटवल इजलासका रजिस्टार ठगेन्द्र कट्टेल, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खेम हमाल, लेखक माया गौतम, गणेश उचैं, मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलका प्रमुख पवन भट्ट, मानव अधिकार तथा शान्ति समाजका सभापति डि.पी खनाल, रूपन्देही उद्योग संघका महासचिव कृष्ण पराजुली, समुहका उपाध्यक्ष लालहरी पाण्डे, अर्जुन कार्की, इन्सेक प्रतिनिधि रिमा विसी लगायतले बोल्दै संस्कृतीकै रूपमा मौलाउँदै गैरहेको भ्रष्टाचार प्रति चिन्ता व्यक्त गर्दै महारोगको रूपमा फैलिएको भ्रष्टाचारको अन्त्यका लागि साझा संकल्पका साथ लाग्ने प्रतिवद्धता जनाएका थिए । à

अपडेट : 2018-12-09 19:30:29




your-image

Leave a Comment