आश्विन २ २०७६   |  2019 Sep 19    


पर्यटन प्रवद्र्धनमा मेला महोत्सव

news

तिलोत्तमा नगरपालिकाको मणिग्राममा उद्योग व्यापार संगठन रूपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा तिलोत्तमा महोत्सव सम्पन्न भएको छ । महोत्सवमा थारुहरूको होम स्टेमा खानाका परिकार र थारु सांस्कृतिक प्रस्तुति, गुल्मीको सुन्तला, मगर महिलाहरूले खानाका परिकार, महोत्सव परिसरमा रहेको रेसुंगा, रीडि कालिगण्डकी र रुरु नमूना प्रदर्शनमा सेल्फी खिच्नेको भीड, कृषिको पेभिलियन, रानीमहलको पेभिलियनभित्र लुम्बिनीको वृत्तचित्र प्रदर्शन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सचित्र अवलोकन, बाउन्नकोटी र बनबाटिकाको वृत्तचित्र प्रदर्शनमा समेत धेरै दर्शको आकर्षण रहेको थियो । यसैगरि ५ ए साईड फुटबल, कुस्ती समेत महोत्सवको अर्को आकर्षण भएको मुल आयोजक समितीको सचिवालय संयोजक अनिलकुमार ज्ञवालीले बताए ।
बर्दघाटमा समेत मेलामहोत्सव सम्पन्न भएको छ । सो मेलाले पनि दर्शकहरूलाई सर्वशुलभ मुल्यमा बस्तु तथा सेवा उपलब्ध गराउनुका साथै कलाकारहरू मार्फत विभिन्न मनोरन्जनात्मक सांगितिक कार्यक्रमहरू समेत आयोजना गरेको थियो । यति मात्र होईन त्यस क्षेत्रका धार्मिक, पर्यटकिय स्थलहरूको समेत प्रचारप्रसार गरेर चिनाउने काममा सघाएको छ ।
कपिलबस्तुको चार नम्बरमा समेत बुधबारदेखि औपचारिक रूपमा महोत्सव शुरु भएको छ । बौद्ध धर्मावलम्बीहरूको गुल्मी चन्द्रकोट गाउँपालिका र स्थानिय उदयशान्ति युवाक्लबको आयोजनामा शान्तिपुरमा कृषि पर्यटन तथा ब्यापार प्रवद्धनका लागि चक्रेश्वर महोत्सव चलिरहेको छ । मेला आयोजकले दर्शकहरूलाई सो क्षेत्रका टिमुरे ताल, ऐतिहासिक चन्द्रकोट, दिबू्रङ्ग, अर्जेवा झरना लगायतका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेक वर्ष मेला गर्दै आएका छन । यसैगरि मेलामा खुल्ला क्षेत्रिय खुल्ला भलिबल, ब्याटमिन्टन खेलकुद प्रतियोगिता पनि भईरहेका छन ।
मेलाको आम्दानीबाट त्यस क्षेत्रमा स्तरीय खेलमैदान निर्माण गरिने क्लबका अध्यक्ष अर्जुन थापाले बताए । यता रूपन्देही व्यापार संघको आयोजनामा आगामी पुस ५ गतेबाट बुटवलमा हुने लुम्विनी एक्स्पो–२०७५ मार्फत पनि पर्यटनलाई बिशेष प्राथमिकता दिने आयोजको दाबि छ । एक्स्पोमाआउने दर्शकहरूलाई बिभिन्न भ्रमण योजनाहरू बनाई यस क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहको जानकारी गराउने र स्थानिय बासिन्दालाई पर्यटन क्षेत्रमा आर्कषित गर्न र लगानीका सम्भावना खोजीगर्न गोष्ठि तथा अन्र्तक्रिया गरिने छ । पर्यटन प्रवद्र्धनका लागि मेला स्थलमा नेपाली सेनाको सहयोगमा ऐतिहासिक जीतगढी किल्लाको झल्को दिने गरि स्थलपार्क निर्माण, पर्यटनमा लगानीका सम्भावनाको खोजीका लागि बिभिन्न कार्यक्रमकोआयोजना गर्ने तयारी भइरहेको संघका महासचिव तथा मुल समितिका सदस्य सचिव प्रकाश ढकालले बताए । à

अपडेट : 2018-12-06 19:49:39




your-image

Leave a Comment