मंसिर २८ २०७६   |  2019 Dec 14    


लुम्बिनी एक्स्पोमा मनोरञ्जनालाई प्राथमिकता

news

आउँदो पुष ५ गतेदेखि बुटवलमा सञ्चालन हुने लुम्बिनी एक्स्पो–७५, अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रमुख आकर्षकको रूपमा रहेको सांस्कृतिक कार्यक्रमलाई विषेश बनाउनका लागिएको आयोजक जनाएका छन् ।
रूपन्देही व्यापार संघले १ सयभन्दा बढी राष्ट्रिय÷स्थानीय कलाकारहरूलाई प्रदर्शनीमा जमघट गराउनुका साथै विभिन्न प्रतियोगिताहरूलाई समावेश गरि मनोरञ्जन प्रदान गराउने लक्ष्य राखेको बताइएको छ ।
मेला मूल आयोजक समितिका सांस्कृतिक कार्यक्रम संयोजक ऋषिराम पाण्डेले मेला अवधिभर राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहने जानकारी दिए । ‘हामीले राष्ट्रिय ख्यातिप्राप्त, लोकदोहारी, आधुनिक, पप, हाँस्यव्यङग्य कलाकारदेखि स्थानीय तहमा आफूलाई चिनाउन सफल कलाकारहरूको जमघट गराएका छौं’ पाण्डेले भने ।
लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता समेत राखिएको छ । नयाँ कलाकार उत्पादन गर्न प्रदर्शनी डान्स आइडल–२०७५ गरिने छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार प्राप्त गर्नेछन । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने छ ।
मेलाको तयारीलाई समयमा नै पूरा गर्ने गरि काम भैरहेको मेला मूल आयोजक समितिका संयोजक पदम प्रसाद श्रेष्ठले जानकारी दिए । यता मेलाको तयारीका क्रममा मेला सुरु हुने अघिल्लो दिन बुटवलमा विसाल जनचेतना मुलक ¥याली निकाल्ने कार्यक्रम रहेको छ ।
¥यालीको तयारीका लागि विभिन्न संघसंस्था, शैक्षिक संस्था, धार्मिक संस्था, टोल विकास संस्था, जातिय पहिचान प्रस्तुत गर्ने समुहहरू लगायत उद्योगी व्यवसायीहरूलाई पत्राचार गरिएको ¥याली उपसमितिका संयोजक कृष्ण अर्यालले जानकारी दिए । मेला आयोजना स्थल बुटवल मण्डपबाट झाँकिसहित निस्कने ¥यालीले बजार परिक्रमा गरि पुन मण्डपमा आएर समापन हुने संयोजक अर्यालले बताए ।

अपडेट : 2018-12-03 02:49:27




your-image

Leave a Comment