फाल्गुण ९ २०७६   |  2020 Feb 21    


शिक्षा / स्वाथ्य

दादुरा–रुबेला खोप अभियान सुरु

दादुरा–रुबेला खोप अभियान रुपन्देही सहित तराइका जिल्लामा सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म खोप अभियान चल्नेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्...
पुरा पढ्नुहोस

दादुरा–रुबेला खोप अभियान सुरु

दादुरा–रुबेला खोप अभियान रुपन्देही सहित तराइका जिल्लामा सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म खोप अभियान चल्नेछ ।

नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भएको हो । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् । ‘पूर्ण खोप ः सुरक्षित भविष्य’ भन्ने नारा...
पुरा पढ्नुहोस

प्रशासन र प्रहरी सामु प्रदेशका मन्त्री र अस्पतालका मेसु निरीह

लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले माघ २३ गते बिहान ६ बजे अस्पताल परिषरका सटरमा डोजर चलायो । अघिल्लो दिन नै व्यवशायीले सटरका सरसमान सुरक्षित स्थानमा सारिसकेको हुदा निकै कम क्षति भय...
पुरा पढ्नुहोस

प्रशासन र प्रहरी सामु प्रदेशका मन्त्री र अस्पतालका मेसु निरीह


लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले माघ २३ गते बिहान ६ बजे अस्पताल परिषरका सटरमा डोजर चलायो । अघिल्लो दिन नै व्यवशायीले सटरका सरसमान सुरक्षित स्थानमा सारिसकेको हुदा निकै कम क्षति भयो । धेरै सटर व्यवशायीले व्यवशाय संचालनका लागि बनाएका र्याकमा भने क्षति पुग्यो । सरसमानको नोक्सानका हिसाबले कम क्षति भएपनि उनिहरुले ५ बर्षका लागि २०७६ साल असार १५ गते गरेको सम्झौता भने ७ महिना पुग्दा नपुग्दै गुमाउन पुगे ।


अस्पताल प्रशासन...
पुरा पढ्नुहोस

उपमहानगरभित्रै २१ हजार निरक्षर !

जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुक...
पुरा पढ्नुहोस

उपमहानगरभित्रै २१ हजार निरक्षर !


जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुकाममा रहेको उपमहानगरमा अक्षर नचिन्नेको संख्या घट्न नसकेको हो । यसले एकातिर उपमहानगरको गरिमालाई घटाएको छ भने अर्कोतिर उपमहानगरले नै लिखित सूचनाका आधारमा दिने गरेको जानकारीहरु निरक्षर व्यक्ति सामु पुग्न सकेको छैन् ।

बाँकेको कोहलपुर नगरपालिका, जान...
पुरा पढ्नुहोस

रुरु पूर्ण विद्यालय भर्ना गाउँपालिका

महिनादिनको प्रयासपछि रुरुलाई विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको गाउँपालिकाको रुपमा सुनिश्चित गरिएको छ । गाउँ कार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिकालाई पूर्ण भर्ना...
पुरा पढ्नुहोस

रुरु पूर्ण विद्यालय भर्ना गाउँपालिका


महिनादिनको प्रयासपछि रुरुलाई विद्यालय उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको गाउँपालिकाको रुपमा सुनिश्चित गरिएको छ । गाउँ कार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिकालाई पूर्ण भर्ना गाउँपालिकाको रुपमा घोषणा गरेको हो । घोषणासँगै रुरु संभवत प्रदेश नं ५ मा आधारभूत तहमा विद्यालय उमेरका बालबालिका भर्ना सुनिश्चित गर्ने पहिलो गाउँपालिका   बनेको छ ।
नयाँ शैक्षिक शत्र शुरु भएसँगै गुल्मीको रुरु गाउँपालिकाले विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्य...
पुरा पढ्नुहोस

‘विद्यालयमा मेरो एक दिन’

विद्यालयको शैक्षिक सुधारका लागि उनले एक दिन दिए । दिनभर शिक्षक, कर्मचारी बुटवलको पुरानो विद्यालय बुटवल माध्यमिक विद्यालयमा जुटे । जुटाइमा शिक्षक उत्प्रेरणाका बिषय उठे, खेल खेलिए, क्रिया...
पुरा पढ्नुहोस

‘विद्यालयमा मेरो एक दिन’


विद्यालयको शैक्षिक सुधारका लागि उनले एक दिन दिए । दिनभर शिक्षक, कर्मचारी बुटवलको पुरानो विद्यालय बुटवल माध्यमिक विद्यालयमा जुटे । जुटाइमा शिक्षक उत्प्रेरणाका बिषय उठे, खेल खेलिए, क्रियाकलापहरु गरिए । खेल र क्रियाकलापहरु शिक्षा, बालबालिका, शिक्षक, अभिभावक र सिकाई सँग जोडिए । सिकाइका लागि विद्यार्थी मात्र उत्प्रेरित होइन शिक्षक पनि उत्प्रेरित हुनुपर्छ भन्ने सन्देश लिने दिने काम भयो ।
प्रदेश नं. ५ सरकारको सामाजिक विकास मन्त्रालयले आब्हानले यो अवसर जुटेको थियो...
पुरा पढ्नुहोस

बीस बर्ष मुनिका चारसय गर्भवती !

कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ । तर डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्यांकले देखाएका छ । दाङको तुलसीपुर उप महानगरपालीकाले बालविवाह न्यूनीकरणका लागि घ...
पुरा पढ्नुहोस

बीस बर्ष मुनिका चारसय गर्भवती !


कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ । तर डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्यांकले देखाएका छ । दाङको तुलसीपुर उप महानगरपालीकाले बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी आउन नसकेको तथ्यांक सार्वजनीक भएको छ ।
उप महानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३७५ महिला गर्भवती भएका छन...
पुरा पढ्नुहोस

चिया पसलमा जन्मिएको अस्पताल

बर्दघाट नगरपालिका वडा नम्बर १४ को चौपत्तामा अवस्थित अस्पताल अहिले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको दक्षिण भेगका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । उक्त अस्पताल स्थानिय चिया पसल...
पुरा पढ्नुहोस

चिया पसलमा जन्मिएको अस्पताल


बर्दघाट नगरपालिका वडा नम्बर १४ को चौपत्तामा अवस्थित अस्पताल अहिले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको दक्षिण भेगका जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । उक्त अस्पताल स्थानिय चिया पसल सामान्य कुराकानीले जन्मिएको अस्पताल हो । २०६४ असारमा स्थानीयले शहिद स्मृति सामुदायिक अस्पताल खोल्ने बिषयमा चिया पसलमा कुरा शुरु गरेका थिए ।
चिया पसलको कुराकानीलाई लक्ष्मण भण्डारी, टिकाराम भण्डारी, कृष्ण बहादुर जि.सि., ओम प्रकाश बश्याल लगायतको सक्रियतामा २०६४ असार ६ गते एक भेल...
पुरा पढ्नुहोस

विद्यालय उमेरका बालबालिका खोज्दै स्थानीय सरकार

नयाँ शैक्षिक शत्र शुरु भएसँगै गुल्मीको रुरु गाउँपालिकाले विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्न शुरु गरेको छ । गाउँपालिकालाई पूर्ण भर्ना युक्त बनाउनका लाग...
पुरा पढ्नुहोस

विद्यालय उमेरका बालबालिका खोज्दै स्थानीय सरकार


नयाँ शैक्षिक शत्र शुरु भएसँगै गुल्मीको रुरु गाउँपालिकाले विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहे नरहेको तथ्यांक यकिन गर्न शुरु गरेको छ । गाउँपालिकालाई पूर्ण भर्ना युक्त बनाउनका लागि अभियान शुरु गरिएको गाउँपालिकाको भनाई छ । गाउँपालिकाका अनुसार तथ्यांक यकिन गर्नका लागि जनप्रतिनिधि, गाउँ शिक्षा समितिका सदस्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी परिचालन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले बालबालिकालाई आधारभूत तहको शिक्षा सुनिश्चित गर्...
पुरा पढ्नुहोस

हजुरवुवाको सम्झनामा अक्षयकोष

माण्डवी गाउँपालिका–५ रम्दीका स्थानीय रमेश शाहीले आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्वर्गिय हजुरवुवा अमृत बहादुर शाहीको सम्झनामा गाउँकै नेरा आधारभूत विद्यालय, जुजुनेटामा एक लाख रुपैयाँ बरावरको...
पुरा पढ्नुहोस

हजुरवुवाको सम्झनामा अक्षयकोष

माण्डवी गाउँपालिका–५ रम्दीका स्थानीय रमेश शाहीले आफूले पढेको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । स्वर्गिय हजुरवुवा अमृत बहादुर शाहीको सम्झनामा गाउँकै नेरा आधारभूत विद्यालय, जुजुनेटामा एक लाख रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेका हुन् । एक कार्यक्रमका बीच उनले अक्षयकोषको रकम विद्यालयलाइ हस्तान्तरण गरे । अक्षयकोषबाट प्रत्येक वर्ष प्रावी र आधारभूत तहका दुइ÷दुइ जना विद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।
सोही विद्यालयमा शाहीले फिल्टर सहितको खानेपानी धा...
पुरा पढ्नुहोस

महंगा उपकरण बेवारीसे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा आएका उपकरणहरु वेवारीसे अवस्थामा थन्किएका छन् । अस्पतालमा आएका ल्यावका उपकरण, डाईलासीस मेसीन, लास नगन्हाउने गरी राख्न प्रयोग गरीने उ...
पुरा पढ्नुहोस

महंगा उपकरण बेवारीसे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा आएका उपकरणहरु वेवारीसे अवस्थामा थन्किएका छन् । अस्पतालमा आएका ल्यावका उपकरण, डाईलासीस मेसीन, लास नगन्हाउने गरी राख्न प्रयोग गरीने उपकरण र कपडा धुने मेसीन अस्पताल वाहिर वेवारीसे अवस्थामा छन् ।
अस्पतालमा आवश्यक मेसीन खरीदगरी ल्याईएकोमा राख्ने ठाँउको अभाव भन्दै अस्पताल बाहिर अलपत्र अवस्थामा राखिएको छ । अस्पताल परीसरमा वाहिर राखीएका उपकरणहरु सुरक्षीत नरहेको सजिलै देख्न सकिन्छ । त्यसैगरी राप्ति उपक्षेत्रिय...
पुरा पढ्नुहोस